अनलाइनमार्फत बिनायो वादनको विश्वव्यापी प्रतियोगिता

किरात राई सांस्कृतिक कलाकार संघले अनलाइनमार्फत विश्वव्यापी कोङकोङमा (बिनायो) वादन खुला प्रतियोगिता सुरु गरेको छ। विश्वभर महामारीका रूपमा फैलिएको कोरोना भाइरसका कारण अनलाइनमार्फत खुला विश्वव्यापी बिनायो प्रतियोगिता गरेको संघले जनाएको छ ।

लोपोन्मुख बिनायो बाजाको संरक्षण, संवर्द्धन गर्दै युवा पिँढीमा हस्तान्तरण गर्ने उद्देश्यले बिनायो वादन प्रतियोगिता आयोजना गरिएको किरात राई सांस्कृतिक कलाकार संघका सचिव पदम थुलुङले बताए । ‘कोभिड–१९ को महामारीलाई मध्यनजर गर्दै भर्चुअल कार्यक्रममा बिनायोको धुन बजाएर विश्वव्यापी अनलाइन बिनायो वादन खुला प्रतियोगिताको सुरु गरिएको छ,’ उनले भने, ‘जेठ २२ गते पर्ने आफ्नो १६औँ स्थापना दिवसका अवसर पारेर आयोजना गरिएको प्रतियोगिता दुई चरणमा सञ्चालन हुनेछन्।’

सचिव थुलुङका अनुसार पहिलो चरणमा इच्छुक प्रतियोगीले बिनायो बजाइरहेको भिडियो असार १० गतेभित्र आयोजकलाई पठाइसक्नुपर्ने छ। छनोट भएका भिडियो संघको युट्युब च्यानलमा अपलोड गरिने आयोजकले जनाएको छ ।

पहिलो चरणमा छनोट भएकामध्येबाट पुनः दोस्रो चरणमा पनि बिनायो बजाइरहेको भिडियो आयोजकलाई उपलब्ध गराउनुपर्ने जनाइएको छ। दोस्रो चरणमा उपलब्ध भएको भिडियोको आधारमा फाइनल प्रतिस्पर्धा हुने संघले जनाएको छ।

अनलाइनमार्फत बिनायो वादनको विश्वव्यापी प्रतियोगिता

महाधिवेशन भदाैमै हुन्छ, कोही भ्रममा नपरौं :

अनलाइनमार्फत बिनायो वादनको विश्वव्यापी प्रतियोगिता

फ्रान्सका राष्ट्रपति माक्रोंमाथि झापड

Leave a comment

Your email address will not be published. Required fields are marked *