मानिसलाई आक्रमण गर्ने चितुवा गाउँलेले मारे

बर्दिया : बर्दियामा चितुवाको आक्रमणबाट दुईजना घाइते भएका छन्। आइतबार बिहान चितुवाले आक्रमण गर्दा बर्दियाको गुलरिया नगरपालिका–१० कालाबञ्जारका ५० वर्षीय इद्रीसी बेहेना र ३० वर्षीय सफिक बेहेना घाइते भएको बर्दिया प्रहरीले जनाएको छ।

घाइते मध्ये इद्रीसी बेहेनाको गर्धनमा गहिरो चोट लागेको छ। सफिक बेहेनाको अवस्था भने सामान्य छ। भारतीय सीमा नजिक रहेको आफ्नै खेतबारीमा काम गरिरहेको अवस्थामा भारतको जंगलबाट आएको चितुवाले उनीहरुमाथि आक्रमण गरेको थियो।

इद्रीसीलाई चितुवाले आक्रमण गरेको देखेपछि बचाउन गएका सफिकलाई पनि आक्रमणबाट घाइते बनाएको हो । दुवै जनालाई आक्रमण गरिरहेको देखेपछि बचाउन गएका स्थानीयले प्रतिकार गर्न खोज्दा चितुवाको मृत्यु भएको डिभिजन वन कार्यालय प्रमुख महेन्द्र राज वाग्लेले बताए ।

मानिसलाई आक्रमण गर्ने चितुवा गाउँलेले मारे

कोरोना रोकथामका लागि माधव नेपालको १३ बुँदे

मानिसलाई आक्रमण गर्ने चितुवा गाउँलेले मारे

भारतमा ६५ नेपाली डाक्टर १ वर्षदेखि बिना

Leave a comment

Your email address will not be published. Required fields are marked *