विवेकशील साझाको अधिवेशन स्थगित

काठमाडौं : विवेकशील साझा पार्टीले आफ्नो एकता महाधिवेशन स्थगित गरेर कोरोना नियन्त्रणमा सरिक हुने निर्णय गरेको छ। आइतबार पार्टीका प्रवक्ता शरदराज पाठकले विज्ञप्ति जारी गर्दै सो जानकारी गराएका हुन।

विवेकशील साझाले आगामी जेठ अन्तिम साता महाधिवेशन गर्ने गरी आन्तरिक तयारी गर्दै आएको थियो। तत्कालीन विवेकशील नेपाली दल र साझा पार्टी बीच गत मङ्सिर २४ गते एकता गर्दा ६ महिनाभित्र एकीकृत पार्टीको महाधिवेशन गर्ने घोषणा गरिएको अनुसार अधिवेशनको तयारी गरिएको थियो।

हिजो शनिबार बसेको पार्टीको केन्द्रीय समिति बैठकले हाल कोरोना सङ्क्रमणको तीव्र फैलावटले अत्यन्तै प्रतिकूल अवस्था सिर्जना गरेको र ठुलो सङ्ख्यामा भेला हुने गरी महाधिवेशन आयोजनाको अवस्था नरहेकाले महाधिवेशन जेठमा गर्न नसकिने निर्णय गरेको हो।

यसका साथै केन्द्रीय समिति बैठकले कोरोना कहरले सिर्जना गरेको यो परिस्थितिसँग जुध्न सरकारलाई सक्दो मद्दत गर्ने निर्णय समेत गरेको छ।परिस्थिति सहज बनेपछि अनुकूलता हेरी केन्द्रीय समितिबाट महाधिवेशनको अर्को तिथि तय गरिने पनि विज्ञप्तिमा जनाइएको छ।

विवेकशील साझाको अधिवेशन स्थगित

कार्टुन : राज्यस्राेत जाेर् लगाके हैसा ।।

विवेकशील साझाको अधिवेशन स्थगित

चलचित्रमा अस्वस्थ प्रतिष्पर्धा हुन थाल्यो : प्रताप

Leave a comment

Your email address will not be published. Required fields are marked *