अफगानिस्तानमा सेनाको हवाइ आक्रमण

२७ माघ, अफगानिस्तानको उत्तरी क्षेत्रमा अफगान सेनाको हवाइ आक्रमणमा ६ जना तालिबान लडाकु मारिएको बताइएको छ । साथै १४ जना घाइते भएका छन् । फ¥याब प्रान्तस्थित तालिबानी अखडामा लक्षित गरी अफगान सेनाले हवाइ आक्रमण गर्दा ६ जना मारिएको यहाँको सेनाले जनाएको हो । सोमबार अफगान सेनाले फ¥याब प्रान्तका जिल्ला सिरीन तागाब र क्युएसारमा सेनाले गस्ती गरेको थियो । सेनाले सोमबार आफ्नो कारवाहीको क्रममा तालिबानी मारिएको कुरा विज्ञप्ति निकाल्दै जानकारी दिएको छ । 
विद्रोही तालिबानले भने यसबारे केही प्रतिक्रिया दिएको छैन । यद्यपि पछिल्लो समय अफगानिस्तानमा तालिबानी आक्रमण तीव्र रुपमा बढेको बताइएको छ । अमेरिकासँग यसअघि वार्ता भए पनि सफल हुन सकिरहेको छैन । विदेश खेलकुद वार्ताको क्रममा गरिएका सम्झौता अमेरिका र तालिबान दुबै पक्षबाट उल्लंघन भएका छन् । अमेरिकी राष्ट्रपति जो बाइडेन नेतृत्वको प्रशासनले भने तालिबान सम्झौताबारे समीक्षा गर्ने जनाएको छ ।






