झाँक्री शहरी विकास, उद्योगमा हमाल

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारको नेतृत्व सम्हालेको ८८औँ दिनमा मन्त्रिपरिषद्लाई पूर्णता दिएका छन् ।
देउवाले आज मन्त्रीहरूको नाम राष्ट्रपति कार्यालयमा पठाएका छन् । प्रधानमन्त्री देउवाको सिफारिसमा राष्ट्रपति कार्यालयले जारी गरेको सुचना अनुसार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारी गजेन्द्र हमाललाई दिइएको छ ।
यस्तै रामकुमारी झाँक्री शहरी विकास मन्त्रीको जिम्मेवारी दिइएको छ । देउवाले नयाँ मन्त्रीलाई आज बेलुकी ५ बजे शपथ खुवाउने तयारी गरेको उनको सचिवालयले जनाएको छ।







