सुदूरपश्चिमका मुख्यमन्त्री भट्टलाई दुई तिहाइको समर्थन!

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रको संसदीय दलका नेता त्रिलोचन भट्टले आज प्रदेश सभा बैठकमा विश्वासको मत लिन प्रस्ताव राखेका छन् ।

अहिले प्रदेश सभा बैठक चलिरहेको छ। मुख्यमन्त्री भट्टलाई नेकपा एमालेको माधवकुमार नेपाल पक्ष र नेपाली कांग्रेसले विश्वासको मत दिने भएका छन् । कांग्रेस संसदीय दलको बैठकले मुख्यमन्त्री भट्टको सरकार ढल्न नदिने निर्णय गरेको छ ।

मुख्यमन्त्रीलाई विश्वासको मत नदिन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्षले निर्देशन दिएको छ । सुदूरपश्चिम प्रदेश सभामा ५२ सदस्य छन्। यहाँ मुख्यमन्त्री भट्टलाई विश्वासको मत प्राप्त गर्न २७ मत चाहिन्छ।

नेकपा एमालेका २४ जना सदस्य छन्। नेकपा माओवादीका १३ जना छन्। नेपाली कांग्रेसका १२ जना र जनता समाजवादी पार्टी जसपा नेपालका दुई जना प्रदेश सभा सदस्य छन्।

एमालेका २४ मध्ये १६ सदस्य माधव नेपाल पक्षमा छन्। प्रधानमन्त्री ओली पक्षमा ८ जना मात्रै रहेको बताइएको छ । नेपाल पक्षको दबदबा रहेको एमाले सुदूरपश्चिम संसदीय दलको बैठकले आज बिहान बैठक गरेर भट्टलाई विश्वासको मत दिने निर्णय गरिसकेको छ।

यतिमात्र होइन १२ सदस्य रहेको कांग्रेसले पनि मुख्यमन्त्रीलाई भोट दिएमा उनलाई प्रदेश सभाको दुई तिहाइको समर्थन रहनेछ । दुई सदस्य रहेको जसपाले भने मुख्यमन्त्रीलाई भोट नदिने बताएको छ। यहाँ जसपाका महन्थ ठाकुर पक्षका सांसद छन् । मुख्यमन्त्री भट्टलाई माओवादी, एमालेको माधव नेपाल पक्ष र कांग्रेसले मत दिएमा दुई तिहाइको समर्थन हुन्छ ।

https://www.facebook.com/111507533668229/videos/189947016465976

सुदूरपश्चिमका मुख्यमन्त्री भट्टलाई दुई तिहाइको समर्थन!

चुरे क्षेत्रको संरक्षण

Leave a comment

Your email address will not be published. Required fields are marked *