दैलेखमा ३३ वर्षीय एक पुरुष मृत्य फेला

सुर्खेत । दैलेखमा एक ३३ बर्षिय पुरुष मृत फेला परेका छन् । दैलेखको पश्चिममा पर्ने ठाटीकाँध १ सिराडी निबासी ३३ वर्षीय बलबहादुर बुढा आफ्नै बेल्ट (कम्मरमा बाँध्ने पेटी) को पासो लगाई झुण्डिएको अवस्थामा मृत फेला परेको प्रहरीले जनाएको छ ।
दैलेखका प्रहरी प्रमुख डिएसपी अनुपम श्रेष्ठका अनुसार आज दिउँसो २ बजेतिर शव फेला परेको जानकारी दिए । उनले भने ‘उनको शव दिउँसो १२ बजे नै स्थानीयले फेला पारे पनि स्थानीयले प्रहरीलाई खबर गरेपछि प्रहरी २ बजेतिर घटनास्थलमा पुगेको हो ।’ उनको शव पोस्टमार्टमका लागि दुल्लु अस्पताल लैजाने तयारी भइरहेको छ ।’
डिएसपी श्रेष्ठका अनुसार अहिले शव बेल्टको पासो लगाएर सल्लाको सानो बुटामा झुण्डिएको र हाँगा भाँचिएर बोटभन्दा केही अघि ढुङ्गामा मुख परेर केही तलतिर परेको अबस्थामा भेटिएका हुन ।
अहिले केही भन्न नमिल्ने बाकीँ पोस्टमार्टम रिपोर्टले आएपछि मात्रै जानकारी हु्ने प्रहरीको भनाइ रहेको छ । घटनास्थलमा रहेका प्रत्यक्षदर्शी स्थानीयका अनुसार उनी पहिला देखीनै मदिरा सेवन गर्ने गरेको बताएका छन् । साथै उनी हिजो बेलुका मदिरा सेवन गरेर घर आएका थिएनन् । बुढाले धेरै मदिरा पिएको र समयमा खाना नखाने गरेका पनि स्थानीयले बताएका छन् ।
मृतक बुढा आफ्नो घर निर्माणमा समेत गरिरहेका थिए । उनकने दुई तला घर निर्माण भइसकेको तर बुढाले केही दिनयता घरको काम छाडेर मदिरामा लट्ठ देखिने र घरको काम समेत गर्न छाडेको स्थानीयको दाबी छ ।






