बेलायतमा फेरि बढ्यो कोरोना संक्रमण दर, एकै दिन थपिए ३५ हजार संक्रमित

बेलायतमा पछिल्ला केही दिनमा कोरोना भाइरसको संक्रमण झन् बढेको देखिएको छ । यहाँका स्वास्थ्य अधिकारीहरुले सरकारी प्रयासका बाबजुत पनि यहाँ कोरोनाबाट हुने संक्रमण दैनिक कमी नआएको बताइएको छ । सरकारी अधिकारीले दिएको पछिल्लो जानकारीअनुसार थप ३५ हजार ७७ जना एकै दिनमा संक्रमित भएका छन्। बेलायतमा अहिलेसम्म कुल ७९ लाख ३४ हजार ९२५ जना संक्रमित भएको स्वास्थ्य मन्त्रालयद्वारा जारी वक्तव्यमा उल्लेख गरिएको छ ।

यहाँ पछिल्लो २४ घन्टामा कोरोना भाइरसका कारण मात्रै ३३ जनाको मृत्यु भएको अधिकारीले जानकारी दिएका छन्। योसँगै बेलायतमा अहिलेसम्म कोरोनाका कारण एक लाख ३६ हजार ९८६ जनाको मृत्यु भएको छ। बेलायतमा कोरोनाभाइरसबाट संक्रमित भएकामध्ये करिब सात हजार जना अझै पनि अस्पतालमै उपचाररत छन् ।

बेलायतका १६ वर्षमाथिका झण्डै ९० प्रतिशत मानिसले कोरोना भाइरसविरुद्धको खोपको पहिलो मात्रा लगाएका छन्। त्यसैगरी करिब ८२ प्रतिशतले दुवै मात्रा खोप लगाएका पनि स्वास्थ्य मन्त्रालयलको तथ्यांकमा उल्लेख छ ।

यहाँ पछिल्ला दिनहरुमा कम्तीमा पनि ३० हजार जनामा यो महामारीको प्रकोप फैलिइरहेको देखिएको छ। यहाँका अधिकारीहरुले बेलायतमा कोरोना भाइरसको प्रकोप बढ्दै गएको पाइएको बताएका छन् ।

बेलायतमा फेरि बढ्यो कोरोना संक्रमण दर, एकै दिन थपिए ३५ हजार संक्रमित

दश बर्षदेखि वीरेन्द्रनगरमा अलपत्र जडिबुटी प्रशोधन केन्द

बेलायतमा फेरि बढ्यो कोरोना संक्रमण दर, एकै दिन थपिए ३५ हजार संक्रमित

नयाँ बसपार्कबाट १७ हजारले लिए अग्रिम टिकट

Leave a comment

Your email address will not be published. Required fields are marked *