बैतडीमा करेन्ट लागेर दाजुभाइको ज्यान गयो

बैतडी – बँदेलका लागि बिच्छयाइएको विद्युतीय धरापमा पर्दा बैतडीमा दुई दाजुभाइको ज्यान गएको छ ।

करेन्ट लागेर सुर्नया गाउँपालिका–५ स्वालीका २१ वर्षीय सन्तोष चन्द र १८ वर्षीय अमृत चन्दको ज्यान गएको हो ।

गएराति घर नजिकै रहेको मकैबारीमा बँदेलका लागि बिच्छयाइएको बिजुलीको तारमा पर्दा उनीहरुकाे ज्यान गएको बैतडीका प्रहरी निरीक्षक बोधराज ओझाले जानकारी दिए ।

उनका अनुसार बँदेल मार्न मकैबारीमा करेन्ट छाडिएको थियो । उनीहरु बँदेल धपाउन मकैबारी गएका बेला करेन्ट लागेको भन्ने अनुमान गरिएको छ ।

घटनाका अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय पाटनका इञ्चार्ज, प्रहरी निरीक्षक राजेश शाही नेतृत्वको टोली घटनास्थलतर्फ गएको छ । बैतडीका धेरैजसो ठाउँमा लगाइएको मकैबाली बँदेलले नष्ट गर्न थालेकाले किसानलाई बाली जोगाउन धौधौ परेको छ ।

बैतडीमा करेन्ट लागेर दाजुभाइको ज्यान गयो

कार्टुन

बैतडीमा करेन्ट लागेर दाजुभाइको ज्यान गयो

YUGAAWHAN NATIONAL DAILY (2078-04-21)

Leave a comment

Your email address will not be published. Required fields are marked *