अमेरिकामा बालबालिकालाई पनि कोरोनाविरुद्धको खोप लगाइने

एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनले अब बालबालिकालाई कोरोना भाइरसविरुद्धको खोप लगाइने बताएका छन् ।
अबको लक्ष्य बालबालिका भएको बताउँदै राष्ट्रपति बाइडेनले अमेरिकामा १२ वर्षदेखि १५ वर्ष उमेर समूहका लागि खोप लगाइने दिइने बताएका हुन् ।
बालबालिकालाई फाइजर–बायोएनटेक भ्याक्सिन प्रयोग गर्ने उनले बताएका छन्। आगामी साताको अन्त्यबाट बालबालिकामा पनि खोप लगाउन शुरु गरिने उनको भनाइ छ ।

पछिल्लो अध्ययन अनुसार अमेरिकाका कुल संक्रमितमा २२ प्रतिशत बालबालिका रहेका छन् । अमेरिकामा अहिलेसम्म आधा जनसंख्याले कोरोना भ्याक्सिनको पहिलो डोज लिइसकेको सरकारी तथ्यांक छ।
आगामी ४ जुलाईसम्म ७० प्रतिशत अमेरिकालाई खोप दिइने राष्ट्रपति बाइडेनले बताएका छन्।






