पञ्चायत चुनाव गराएपछि उत्तर प्रदेशका गाउँ–गाउँमा फैलियो कोरोना

एजेन्सी । ​भारतको उत्तर प्रदेशका गाउँ–गाउँमा कोरोना संक्रमित भेटिन थालेका छन्। देशलाई महामारीले गाँजेकै बेला त्यहाँ पञ्चायत चुनाव गराइएको थियो।

लाखौं नागरिकलाई भोटका लागि मतदान केन्द्रअघि लाइनमा उभ्याइएको थियो। यसअघि कोरोना संक्रमण हुनबाट जोगिएका ग्रामिण क्षेत्रका अधिकांश नागरिकहरू चुनावको बेला भएको हुलमुलमा पर्दा संक्रमित भएका स्थानीय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन्।

 

देशका अन्य भाग र कोरोनाको चपेटामा परेका ठूला शहरहरूबाट पनि मानिसहरू मतदान गर्न उत्तर प्रदेशका विभिन्न गाउँमा पुगेका थिए। ती मानिसहरूले कुनै भौतिक दूरी कायम नगरेका यस्तो स्थिति निम्तिएको गाउँ–देहातमा बस्ने मानिसहरूले बताएका छन्।

मतदान गर्न अन्य शहरबाट आएका मानिसहरू बिरामी पर्ने र ज्यान गुमाउने क्रम बढेको बीबीसी हिन्दीमा खबर छ। चुनावमा खटिएका ७०० भन्दा धेरै शिक्षकहरूको कोरोना संक्रमणपश्चात ज्यान गएको त्यहाँको बेसिक शिक्षक संघले जानकारी दिएको छ। यो हताहतीबारे खबर बाहिरिएपछि उत्तर प्रदेशमा कोरोना महामारीले विकराल रूप लिएको थाहा भएको हो।

 

उत्तर प्रदेशमा अहिलेसम्म १३ हजार ७९८ जना कोरोना संक्रमितको ज्यान गइसकेको छ। त्यहाँ अहिले २ लाख ७२ हजार ५६८ जना सक्रिय संक्रमित छन्। मंगलबार एकैदिन त्यहाँ ३५२ जनाको मृत्यु भएको छ। शहरमा कति र गाउँमा कति मानिस संक्रमित भएका छन् भन्ने आंकडा त्यहाँका सरकारी अधिकारीहरूसँग नै छैन।

पञ्चायत चुनाव गराएपछि उत्तर प्रदेशका गाउँ–गाउँमा फैलियो कोरोना

ममताले लिइन् पश्चिम बंगालको मुख्यमन्त्री पदको सपथ,

Leave a comment

Your email address will not be published. Required fields are marked *