२०८२ बैशाख १७ गते
×

Now Playing

पिएसजीलाई हराउँदै म्यानचेस्टर सिटी च्याम्पियन्स लिगको फाइनलमा

एजेन्सी ।  म्यानचेस्टर सिटी युइएफए च्याम्पियन्स लिग फुटबलको फाइनलमा प्रवेश गरेको छ। गएराति सम्पन्न सेमिफाइनलको दोस्रो लिगमा फ्रेन्च क्लब पिएसजीलाई २-० गोल अन्तरले पराजित गर्दै म्यानचेस्टर सिटीले समग्रमा ४-१ गोल अन्तरको जित हासिल गर्दै फाइनलमा पुगेको हो। यस अघि पहिलो लिगमा सिटीले पिएसजीलाई २-१ले हराएको थियो।

सिटीको जितमा रियाद महरेजले दुवै गोल गरेका थिए। महरेजले खेलको ११औ र ६३औ मिनेटमा गोल गरेका थिए। खेलको ६९औ मिनेटमा पिएसजीका एन्जल डि मारियाले रातो कार्ड पाएपछि पिएसजी १० खेलाडीमा सिमित भएको थियो।

अब म्यानचेस्टर सिटीले च्याम्पियन्स लिगको फाइनलमा चेल्सी र रियल म्याड्रिडबीचको विजेतासँग खेल्ने छ। दुवै पहिलो लिगमा १-१ को बराबरीमा छन् भने दोस्रो लिग आजराति खेल्दै छन्। यस सिजनमा प्रिमियर लिगको उपाधि पनि जित्ने निश्चित रहेको म्यानचेस्टर सिटीले च्याम्पियन्स लिगको फाइनल खेल मे २९ मा खेल्ने छ।

Leave a comment

Your email address will not be published. Required fields are marked *