नेपाल सुपर लिग : काठमाडौं तेस्रो स्थानमा

काठमाडौं : नेपाल सुपर लिगमा काठमाडौं रेजर्सले बुटवल लुम्बिनी एफसीलाई पराजित गरेको छ। त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा मंगलबार भएको खेलमा काठमाडौंले बुटवललाई एक शून्य गोलले हराएको हो। हारपछि बुटवलले शीर्ष स्थानमा उक्लने मौका गुमाएको छ।

काठमाडौंका लागि निर्णायक गोल विदेशी स्टेफेनको विलोङले गरे। उनले खेलको पाँचौँ मिनेटमा गोल गरेका थिए। खेलको शुरुआतदेखि नै काठमाडौँले निकै आक्रामक खेल खेलेको थियो यस्तै खेलको सातौँ मिनेटमा बुटवलले पेनाल्टीको अवसर पाएको थियो । सो अवसरको बुटवलले फाइदा लिन सकेन । खेलको १३ औँ मिनेटमा काठमाडौँले गोलको अवसर पाएको थियो।

यस्तै खेलको २६ औँ मिनेटमा पनि बुटवलले गोलको अवसरको फाइदा लिन सकेन। खेलको २८औंँ मिनेटमा बुटवलका सुमन लामाले गरेको गोलको प्रयास असफल भयो। मध्यान्तरपछिको खेलको ८६ औंँ मिनेटमा बुटवलका आशिष लामाको प्रहार गोलमा परिणत हुन सकेन। जीतसँगै काठमाडौंँले तीन अंक बटुलेको छ ।

काठमाडौँको चार खेलमा सात अंक भएको छ। बुटवललाई पछि पार्दै काठमाडौँ लिगको तेस्रो स्थामा उक्लिएको छ। बुटवल चार खेलमा पाँच अंक जोड्दै लिगको चौथो स्थानमा खुम्चिएको छ।

नेपाल सुपर लिग : काठमाडौं तेस्रो स्थानमा

एकबर्ष सम्म पनि सञ्चालनमा आएन् जाजरकोट अस्पतालकाे

Leave a comment

Your email address will not be published. Required fields are marked *