सुर्खेत । कर्णाली नदीमा टिप्पर दुर्घटना हुँदा दुईजना बेपत्ता भएका छन् । दाङको लमहीदेखि जुम्लातर्फ जाँदै गरेको बा ५ ख २१८३ नम्बरको टिपर मंगलबार राती १० बजे कर्णालीमा नदिमा खसेको हो।
मालबहाक टिप्पर सिमेन्ट लिएर जुम्ला जाँदै गर्दा दैलेखको आठबीस नगरपालिका ४ खोटेसल्लास्थित कर्णाली राजमार्गबाट झण्डै एक सय ५० मिटर तल कर्णाली नदिमा खसेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय दैलेखका नायब उपरीक्षक अनुपम श्रेष्ठले टिप्पर चालक र सह-चालक बेपत्ता रहेको जानकारी दिए । श्रेष्ठका अनुसार उनीहरुको पहिचान भने खुल्न सकेको छैन् । बेपत्ता हुनेको इलाका प्रहरी कार्यालय राकमकर्णालीबाट खटिएको प्रहरी टोलीले खोजी कार्य गरिरहेको छ ।
युग संवाददाता । । २२ बैशाख २०७८, बुधबार ११:२२