हुम्ला ठेहेगाउँकी एक बालिकाको आफ्नै घरको गोठमा शङ्कास्पद मृत्यु

हुम्ला : हुम्लाको सिमकोट गाउँपालिका–२ ठेहेगाउँ निवासी  आफ्नै घरको गोठमा खेलिरहेकी आठ वर्षीया बालिका सञ्जिबा बोहराको शङ्कास्पद मृत्यु भएको छ।

मङ्गलबार दिउँसो आफ्ना साथीसँग खेलिरहेकी बालिका बोहरा एकछिन पछि मृतावस्थामा भेटिएकी हुन्‌ ।गोठमा राखिएको खच्चडलाई प्रयोग गर्ने रस्सीले बाँधिएको अवस्थामा बालिका बोहरा भेटिएकी थिइन्।

स्थानीय पञ्चमुखी आधारभूत विद्यालयमा कक्षा २ मा अध्ययन गर्ने बोहराको मृत्यु शङ्कास्पद भएको बताइएको छ।

केही स्थानीयवासीले आत्महत्या भनेर बाहिर प्रचार गरे पनि बालिकाले कसरी आत्महत्या गरिन् भन्दै प्रहरीले शङ्कास्पद रूपमा लिएको छ।  मृतक बालिकाको शवलाई सदरमुकाम सिमकोटमा रहेको जिल्ला अस्पतालमा ल्याएर शव परीक्षण गरिने प्रहरीले जनाएकाे छ ।

हुम्ला ठेहेगाउँकी एक बालिकाको आफ्नै घरको गोठमा शङ्कास्पद मृत्यु

YUGAAWHAN NATIONAL DAILY (2078-01-22)

हुम्ला ठेहेगाउँकी एक बालिकाको आफ्नै घरको गोठमा शङ्कास्पद मृत्यु

कर्णाली नदिमा टिप्पर खस्दा दुईजना बेपत्ता

Leave a comment

Your email address will not be published. Required fields are marked *