सुर्खेतमा जारी निषेधाज्ञा बैषाख ३१ गते राती १२ बजे सम्म

सुर्खेत । जिल्ला प्रशासन कार्यालय सुर्खेतले यहिँ बैषाख १४ गते राती १२ बजेबाट सुरु गरेको निषेधाज्ञा बैषाख ३१ गते राती १२ बजे सम्मको लागि लम्बिएको छ ।

बैषाख १८ गते बसेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकको सिफारिस समेतका आधारमा संक्रमणको जालो तोड्न, संक्रमणको जोखिम नियन्त्रण, रोकथाम र उपचारको लागि संक्रामक रोग ऐन, २०२० को दफा २. तथा स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६. को उपदफा (३) बमोजिम पुनः मिति यहिँ बैषाख २१ गते राती १२ः०० बजेदेखि २०७८ बैषाख ३१ गते राती १२ः०० बजेसम्म यस जिल्लाभर लागु हुने गरी देहाय बमोजिमको आदेश जारी गरिएको जिल्ला प्रशासन कार्यालय सुर्खेतले जनाएको छ ।

साथै आदेशको पालना नगरि उल्लंघन गरेमा संक्रामक रोग ऐन, २०२० को दफा ३ बमोजिम एक महिनासम्म कैद वा रु १०० जरिवाना वा दुवै सजाय हुनेछ साथै यो आदेशको कार्यान्वयनमा बाधा पु¥याउने व्यक्तिलाई ६ महिनासम्म कैद वा रु ६०० सम्म जरिवाना वा दुवै सजाय हुने प्रजिअ छबिलाल रिजालले जानकारी दिए ।

निषेधाज्ञा अवधिमा गर्न हुने कार्यहरु
१ विवाह, व्रतवन्ध, मृत्युसंस्कार बढीमा १० (दश) जनासम्म स्वास्थ्य सम्वन्धी मापदण्ड पालना गरेर मात्र गर्ने ।

२ अत्यावश्यक सेवाहरु जस्तै एम्बुलेन्स, खानेपानी, स्वास्थ्य, खाद्यान्न, तरकारी, फलफूल, दुध तथा दुग्धजन्य पदार्थ, भेटनरी सेवा, बैंकको ब्त्ः सेवा, बैंक (न्यूनतम जनशक्ति बढीमा २५∞), दुरसञ्चार, इन्टरनेट सेवा प्रदायक, क्वारेन्टिन÷आइशोलेसन संचालन गर्ने होटल, फोहोरमैला व्यवस्थापन लगायतका ढुवानी तथा यातायातका साधनमा विषय उल्लेख गरी संचालन गर्ने ।

३ सरकारी कार्यालय लगायतका सार्वजनिक सेवा प्रदायक संस्था न्यूनतम जनशक्ति (एक चौथाई) परिचालन गरी संचालन गर्ने र निजले प्रयोग गर्ने सवारी साधन विहान ९ः०० देखि १०ः३० बजेसम्म कार्यालय जान र बेलुका ५ः०० देखि ५ः३० बजेसम्म कार्यालयबाट फर्कन संचालन गर्न दिने । काममा जाँदा र फर्किदा कर्मचारीले तोकिएको पोशाक र परिचय पत्र अनिवार्य हुने ।

४ पत्रकार तथा सञ्चारकर्मीलाई सूचना विभागको प्रेस पासका आधारमा आवत जावतमा सहजीकरण गर्ने । सूचना विभागको प्रेस पास नभएका संचारकर्मी÷कर्मचारीको हकमा सम्वन्धित संचार गृहहरुले न्यूनतम कर्मचाारीहरु मात्र खटाउने र सो को जानकारी जिल्ला प्रशासन कार्यालयमा उपलब्ध गराउने ।

५ सार्वजनिक विकास निर्माण कार्यमा प्रयोग हुने जनशक्ति आयोजना स्थलमै क्याम्प राखी सुरक्षा मापदण्ड पालना गरी संचालन गर्ने । साथै निर्माण सामाग्री ढुवानीका साधन संचालन गर्न पाउने ।

६ औषधी तथा स्वास्थ्य सामाग्री सम्वन्धी पसल, व्यवसाय बाहेकका अन्य पसल, व्यवसाय हाललाई बन्द गर्ने र खाद्य सामाग्री, फलफूल, तरकारी र दुग्धजन्य पसल, व्यवसाय विहान ६ः०० बजे देखि ९ः०० बजेसम्म मात्र संचालन गर्ने ।

७ विदेशबाट यस जिल्लामा प्रवेश गर्ने व्यक्तिहरुले अनिवार्य रुपमा स्थानीय तहले तोकेको क्वारेन्टिन र होम आइशोलेसनमा बस्नुपर्ने ।

गर्न नहुने कार्यहरु
१ सबै प्रकारका सभा, सम्मेलन, गोष्ठी, तालिम, सेमिनार, सिनेमाहल, पार्टी प्यालेस, स्वीमिङपुल, सपिङ मल, मनोरञ्जन स्थल, सैलुन, व्युटिपालर, जीमखाना, समूहमा खेलिने खेलकुद, पुस्तकालय, संग्राहलाय आदि संचालन गर्न नपाइने ।
२ सार्वजनिक एवं निजी सवारी साधन संचालनमा मिति २०७८।०१।२१ गते राती १२ः०० बजे देखि २०७८।०१।३१ गते राती १२ः०० बजे सम्म पूर्ण रुपमा रोक लगाउने ।
३ अत्यावश्यक सामाग्री बोकेका ढुवानीका सवारी साधनमा चालक सहित २ जना र विरामी तथा कुरुवा बोकेका एम्बुलेन्समा बढीमा ३ जना चालक सहित ।

सुर्खेतमा जारी निषेधाज्ञा बैषाख ३१ गते राती १२ बजे सम्म

भर्याङ बनाउने क्रममा करेन्ट लाग्दा एकको मृत्यु

सुर्खेतमा जारी निषेधाज्ञा बैषाख ३१ गते राती १२ बजे सम्म

ओलीलाई विश्वासको मत नदिने कांग्रेसको निर्णय

Leave a comment

Your email address will not be published. Required fields are marked *