ओलीलाई विश्वासको मत नदिने कांग्रेसको निर्णय

काठमाडौं : नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत नदिने निर्णय गरेको छ। सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा मंगलबार बसेको पदाधिकारीको बैठकले ओलीलाई विश्वासको मत नदिने निर्णय भएको पार्टीका सह-महामन्त्री डा. प्रकाशशरण महतले जानकारी दिए।

‘ओलीले लिने विश्वासको मतलाई विफल बनाउन अरु दलसँग पनि छलफल गर्ने बैठकले निर्णय गरेको छ’, डा. महतले भने। महतले संवैधानिक परिषद् लगायतका सातवटा अध्यादेश ल्याउने सरकारको कामको समेत भर्त्सना गरेको जानकारी दिए।

पदाधिकारी बैठक हिजोका लागि तय गरिएको भए पनि केही पदाधिकारीको स्वास्थ्यमा समस्या देखिएको भन्दै स्थगित गरिएको थियो। यता, आजै बसेको नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता गर्ने निर्णय गरेको छ। मंगलबार पेरिसडाँडामा बसेको स्थायी कमिटीको बैठकले समर्थन फिर्ता लिने निर्णय गरेको थियो।

ओलीलाई विश्वासको मत नदिने कांग्रेसको निर्णय

सुर्खेतमा जारी निषेधाज्ञा बैषाख ३१ गते राती

ओलीलाई विश्वासको मत नदिने कांग्रेसको निर्णय

YUGAAWHAN NATIONAL DAILY (2078-01-22)

Leave a comment

Your email address will not be published. Required fields are marked *