कर्णालीका प्रदेशका नवनियुक्त मुख्यमन्त्री शाहीद्वारा शपथ ग्रहण

सुर्खेत : कर्णाली प्रदेशका नवनियुक्त मुख्यमन्त्री जीवनबहादुर शाहीले हिजो शपथ ग्रहण गर्नुभएको छ। प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले उहाँलाई हिजो शपथ ग्रहण गराउनु भएको हो ।
मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले हिजो सोमवार राजीनामा दिएपछि प्रदेश प्रमुखले मुख्यमन्त्रीमा दाबी गर्न हिजो बेलुका ७ बजेसम्म आह्वान गर्नुभएको थियो । त्यहीअनुसार जीवनबहादुर शाहीले हिजो दाबी पेस गर्नुभएको थियो ।
त्यहीअनुसार जीवनबहादुर शाहीले हिजो दाबी पेस गर्नुभएको थियो । मुख्यमन्त्रीमा दाबी पेस गर्नुभएका शाहीलाई आफ्ना दलकासहित माओवादी केन्द्र र नेकपा ९एकीकृत समाजवादी ० पार्टीको २१ जना प्रदेश सभा सदस्यको समर्थन छ ।






