मध्यपश्चिम विश्वविद्यालयका परीक्षा अँझै एक हप्ताका लागि स्थगित
सुर्खेत । मध्यपश्चिम विश्वविद्यालय (एमयू)का स्थगित परीक्षा एक साताका लागि अँझै पछि सारिएको छ । निरन्तर विद्यार्थीको आन्दोलन र अनिश्चित लाताबन्दीले असमान्य परिस्थिती सृर्जना हुदाँ विश्वविद्यालयलाई परीक्षा संचालन गर्न सकस परेको थियो ।
साउन १२ गतेदेखि संचालन गर्ने भनिएका स्थगित सबै परीक्षा पुन : संचालन गर्नेबारे एक सूचना जारी गर्दै विश्वविद्यालय परीक्षा व्यवस्थापन शाखाले आजको मितिले ठिक एक सातापछि परीक्षा संचालन गर्ने जनाएको हो ।
विभिन्न १८ बुँदे माग राख्दै विद्यार्थीले अनिश्चतकालिन क्याम्पस तालाबन्दीसहित आन्दोलन जारी राखेपछि विज्ञान तथा प्रविधि संकायको स्नातक तह र स्नातकोत्तर तहको परीक्षा स्थगित गरिएको थियो । तर विद्यार्थी संगठन र विश्वविद्यालयबिच वार्ताको माध्ययमबाट परीक्षा संचालन गर्नेबारे पुन : सहमती भएपछि भौतिक उपस्थितीमै परीक्षा संचालन हुने निश्चित बनेको छ ।






