चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा

चीनले नेपाललाई तीन लाख डोज कोरोनाविरुद्धको खोप उपलब्ध गराउने घोषणा गरेको छ । अनुदानस्वरुप प्रदान गरिने उक्त खोप चाँडोभन्दा चाँडो नेपाललाई उपलब्ध गराउन नेपाल सरकारका सम्बन्धित निकायहरुसँग निकट सम्पर्कमा रहेर काम भइरहेको चिनियाँ राजदूतावासले जनाएको छ ।

विश्व स्वास्थ्य सङ्गठनले निर्धारण गरेको मापदण्ड अनुरुप चीनमा उत्पादित सो खोपको प्रभावकारिता उच्च रहेको जनाइएको छ ।
यसअघि भारतले नेपाललाई १० लाख मात्रा खोप नेपाललाई निःशुल्क दिएको थियो । सो खोप अहिले फ्रन्टलाइनकर्मीहरुलाई लगाउने काम चलिरहेको छ  ।

चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा

सर्वोच्च नेता सू ची गिरफ्तार

चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा

आज माघ १९ : १६ वर्ष अघि

Leave a comment

Your email address will not be published. Required fields are marked *