‘नगरभित्रका सडक कालोपत्रे गर्न बाँकी छन्’

सुरेश अधिकारी (मेयर) शारदा नगरपालिका, सल्यान

सल्यानमा सात गाउँपालिका र तीन वटा नगरपालिका छन् । त्यस मध्येको एक हो शारदा नगरपालिका । प्राविधिक शिक्षा र माथिल्लो तह अध्ययनका लागि यस नगरपालिकाका स्थानीय विद्यार्थीहरु अन्य छिमेकी जिल्लामा जाने गरेका छन् । अधिकांश घरमा विद्युतीकरण भए पनि केही सिमान्तकृत वर्गमा रहेका नागरिक भने विद्युतीय उपभोगको पहुँचमा पुग्न सकिरहेका छैनन् । योजनाबद्ध विकास कार्यक्रम कार्यान्वयन तथा आवश्यक आर्थिक व्यवस्थापनमा कठिनाई हुनुले यस नगरपालिका क्षेत्रको अपेक्षित विकास हुन सकिरहेको देखिँदैन । शारदा नगरपालिकाले जनप्रतिनीधि पाएको साढे तीन वर्ष भइसकेको छ । उक्त अवधीमा त्यहाँका जनताको अपेक्षाकृत काम भए वा भएनन् ? यीनै विषयवस्तुमा केन्द्रित रहेर हाम्रा सहकर्मी गीता थापाले शारदा नगरपालिकाका मेयर सुरेश अधिकारीसँग कुराकानी गरेकी छन् । प्रस्तुत छ, कुराकानीको सम्पादित अंश :

हिजोआज के गर्दै हुनुहुन्छ ?
नगरबासीलाई दिने सेवा प्रवाहमा नै व्यस्त छु । गाउँमा भइरहेका विकासका कामको अनुगमन गर्ने, जनताको अपेक्षाअनुसार काम गर्ने लगायतका कार्यमा व्यस्त छु ।

तपाइँ निर्वाचित भएयता नगरको विकासमा के परिवर्तन आएको छ ?
हामीले जनतासँग गरेका बाचा पुरा गरेका छांै । हामीले निकालेको घोषणपत्र अनुसार नै काम अगाडी बढाइरहेका छांै । जनताको माझमा गरेका प्रतिवद्धता ८० प्रतिशत पुरा गरिसकेका छौं । हामीले सबैभन्दा बढी स्वास्थ्य र शिक्षालाई महत्व दिएर काम गर्दै आइरहेको छ । शारदा नगरपालिकाको सदरमुकाममा सल्यान अस्पताल छ । उक्त अस्पतालमा आउन नगरबासीहरुलाई धेरै समय लाग्ने भएकाले वडा वडामा शहरी स्वास्थ्य भवन निमार्ण गरेका छौं । नगरपालिकाको आन्तरिक आर्थिक स्रोतबाट शहरी स्वास्थ्य भवन बनाएका हांै । शिक्षाको कुरा गर्दा हाम्रो नगरमा शिक्षकको दरवन्दी न्युन रहेको छ । सरकारबाट दरवन्दी नभएका विद्यालयहरुमा नगरपालिकाले दरवन्दी सिर्जना गरेर शिक्षक राखेर पढाउने काम भइरहेको छ ।

नगरपालिकामा समृद्धिका सम्भावना र आधारहरु के–के हुन् ?
शारदा नगरपालिका पुरानो नगरपालिका भएको र १५ वटा वडा समावेश छ । जनघनत्व बढी र भुगोल धेरै भएको नगरपालिका हो । आन्तरिक आयस्रोत न्युन छ । त्यति हुँदाहुँदै पनि पर्यटनलाई भित्र्याउनका लागि धार्मिक पर्यटनलाई महत्व दिएका छौं । खरावाङ भगवती मन्दिर जुन देशभरी प्रशिद्ध कमाएको छ । त्यहाँसम्म पुग्ने बाटो सुधार गरी सहज रुपमा पर्यटकलाई जाने वातावरण सिर्जना गरेका छौं । आन्तरिक पर्यटकलाई जोड दिएर पार्कहरु निमार्ण गरेका छांै । यस्तै हाम्रो नगरमा कृषि, पशुपालन र फलफुलको प्रशस्त सम्भावना छन् । कृषिमा पनि लगानी बढाएका छौं ।

तपाइँ निर्वाचित हुनुपूर्व र अहिलेको अवस्थालाई कसरी तुलना गर्नुहुन्छ ?
१५ वटै वडामा बाटो थिएन । हाल बाह्रैमहिना चल्ने बाटोहरु निमार्ण भएका छन् । नगरवासीहरुले सहज रुपमा यातायातको सुविधा लिन पाउनु भएको छ । धेरै वडामा विद्युत थिएन । हामीले विद्युत नभएका वडामा विद्युत पु¥याएका छांै । खानेपानी थिएन । खानेपानीको पनि व्यवस्था गरेका छौं । सल्यान अस्पताल साघुँरो थियो । त्यहाँ साढे तीन करोडको भवन निमार्ण गरेका छौं । विद्यालयका भवनहरु जिर्ण थिए । तीनको मर्मत कार्य भएको छ । विद्यालयको भवनहरु निमार्ण भएका छन् ।

महिलाको क्षेत्रमा के के काम गर्नुभयो ?
महिला दिदी बहिनीको क्षेत्रमा क्षमता विकास सम्बन्धी तालिमहरु सञ्चालन गरेका छौं । उहाँहरुको चाहना अनुसार कसैले साना उद्योगहरु पनि सञ्चालन गरिरहनु भएको छ । जसको अचार उद्योग, मैनबत्ती उद्योग रहेका छन् । त्यसैमा हामीले क्षमता अभिवृद्धिको तालिमहरु दिदै आइरहेका छांै ।

विकासमा कस्ता चुनौती आउँछन् ?
जनताका इच्छा र आकांक्षा धेरै नै छन् । माथिबाट अनुदान दिँदा सबैलाई एकै किसिमको अनुदान आउँछ । हाम्रो नगरमा जनसंख्या धेरै र भुगोल पनि ठुलो भएकाले थोरै अनुदानले जनताका सबै इच्छाआंकाक्षा पुरा गर्न सकिदैन । ६ वडा हुने नगर र गाउँपालिकालाई र १५ वडा हुने नगरपालिकालाई दिने अनुदान एउटै हुँदा काम गर्न चुनौती नै छ । राज्यले हेर्ने दृष्टीकोण पनि फरक छ । राज्य फरक पार्टीको भएर पनि होला हामीसँग समन्वय पनि हुँदैन । सरकारप्रति दुखेसो छ मेरो । जितेको वडाभन्दा नजितेको वडामा मैले लगानी धेरै गरेको छु । जेष्ठ नागरिकलाई चाडपर्व खर्च भनेर वार्षिक रुपमा तीन हजार उपलब्ध गराएको छौं ।

नगरमा मुख्य समस्या के छन् ?
हाम्रो नगरको मुख्य समस्या भनेको खानेपानीको समस्या छ । धुले बाटोहरु छन् । यहाँका जनताले सडक कालोपत्रे गर्नुप¥यो भन्नु भएको छ । अनुदान र आयस्रोत कम छ । त्यसैले पनि गर्दा पनि हामीले सडक कालोपत्रे गर्न सकिरहेका छैनांै ।

संघ र प्रदेशसँग स्थानीय तहको समन्वय कतिको हुन्छ ?
शारदा नगरपालिकाले त समन्वय सधै गरिरहेको छ । तर संघ र प्रदेश सरकारबाट हेर्ने दृष्टीकोण राम्रो छैन । शारदा नगरपालिकामा फरक पार्टीले जित्यो भनेर हेर्नु भएको छ । त्यो राम्रो होइन, हाम्रो गुनासो पनि छ संघ र प्रदेश सरकारसँग । सबै कुरामा फरक व्यवहार हुन्छ । यो सुधार गर्न जरुरी छ ।

भावी योजना के के छन् ?
हाम्रो भावी योजना भनेको जनतासँग गरेका प्रतिवद्धता पुरा गर्नु हो । घोषणपत्र अनुसार काम गर्ने हो । निमार्णाधीन योजनाहरु आफ्नो कार्यकालमै सक्ने गरी काम गरिरहेका छौं । जनतासँग गरेको प्रतिवद्धता समयमै सकेर जनताको नासो जनतालाई नै फिर्ता गर्ने आगामी लक्ष्य छ । (२०७७ माघ ७ गते युगआव्हान राष्ट्रिय दैनिकमा प्रकाशित)

‘नगरभित्रका सडक कालोपत्रे गर्न बाँकी छन्’

ओली नेतृत्वको नेकपाको माघ २३ को जनसभा

‘नगरभित्रका सडक कालोपत्रे गर्न बाँकी छन्’

सर्वोच्च नेता सू ची गिरफ्तार

Leave a comment

Your email address will not be published. Required fields are marked *