जनकल्याणमा अख्तियारको अनुसन्धान
सुर्खेत, ११ असार ।
बराहताल गाउँपालिका वडा नम्बर ८ को जनकल्याण सामुदायिक वनमा अख्तियारले अनुसन्धान गरेको छ । वनका पदाधिकारीहरुले अबैद्ध रुपमा काठ काटेमो सूचनापछि अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुर्खेतले स्थलगत अध्ययन गरेर फर्किएको छ ।
पदाधिकारीहरुले कटान रद्द गरिएका काठहरु कटान गरेको भेटिएको छ । ‘सोमवार र बुधवार अख्तियारको टोली वनमै पुगेर अध्ययन गरेर फर्किएको छ’ अख्तियारका प्रवक्ता मेघनाथ सापकोटाले भने, ‘कटान रद्द गरिएका काठहरु पनि काटिएकोछ, समितिमा दोषी ठहरिएकालाई कारवाही भागिदार हुन्छन् ।’
रद्द गरिएका रुखहरु काटिएको भेटिएको भन्दै अख्तियारले दोषीलाई कानुनी कारबाहीको प्रक्रिया अघि बढाउने जनाएको छ । जनकल्याण सामुदायिक वन ऐन विपरीत रुखहरु कटाई गर्ने जग्गा अतिक्रमण गरेको भन्दै स्थानीयले विरोध जनाउँदै आएका छन् ।
स्थानीयका अनुसार वनका पादाधिकारीहरुले जनजागृति माविदेखि दक्षिणतर्फ भित्रिखोला, बुदुने खोला र बुढाथोकी ठुलो घटको ठुलेखोला क्षेत्रमा भएका गोलीया र चिरान गरेर काठ तस्करी गर्दै आएको जनाएका छन् ।