१६ वर्षीय राउटे किशोरको भीरबाट लडेर मृत्यु

दैलेख, १० मंसिर ।

राउटे समुदायका १६ वर्षीय किशोरको मृत्यु भएको छ। बादँरको सिकार गर्ने क्रममा भीरबाट लडेर १६ वर्षिया टेकराज शाहीको मृत्यु भएको हो। जंगलमा फिरन्ते जीवन बिताउने राउटे समुदाय बाँदरको सिकार गर्ने गर्छन्।

सुर्खेतको चिङ्गाड गाउँपालिका–५ मटेला खोला नजिकै बसोबास गर्दै आएका राउटे समुदायका युवा र किशोरहरु मंगलबार बाँदरको सिकार गर्न गएका थिए। सिकार गर्ने क्रममा मटेला खोला नजिकैको भीरबाट लडेर टेकराजको मृत्यु भएको सोसेक दैलेखमार्फत सञ्चालित राउटे परियोजनाका जोडि शिक्षक लालबहादुर खत्रीले जानकारी दिए।

मृतक टेकराज शाही पढाईप्रति आकर्षित थिए। ‘टेकराज पढ्न चाहन्थेँ, समुदायका अगुवाहरुले पढ्न नदिएपनि अटेर गरेर पढ्न र लेख्न खोज्थेँ, उनी आफ्नो नाम लेख्न सक्ने भइसकेका थिए’ जोडि शिक्षक खत्रीले भने ‘उनीसहित केहि युवाहरुको पढ्ने र लेख्ने चाहना पूरा गर्न हामीले सहयोग गरेका थियौँ।’

राउटे समुदायमा हालसम्म कसैले पनि औपचारिक शिक्षा लिएका छैनन्। यद्यपि पछिल्लो पछिल्लो युवा पुस्ताहरुरुले भने पढाइप्रति रहर गर्न थालेको छ।

सिकार गर्ने र जंगलको कन्दमूलको भरमा जीवन धान्दै आएको लोपोन्मुख राउटे समुदाय अहिले भने आधुनिकताप्रति आकर्षित बन्दै गएको छ।

हाल ४४ घरपरिवारमा एक सय ४५ जना जनसंख्या रहेको राउटे समुदायलाई दैलेखको गुराँस गाउँपालिकाले आफ्ना नागरिकका रूपमा परिचयपत्र वितरण गरिसकेको छ।

Leave a comment

Your email address will not be published. Required fields are marked *