कुपिण्डे तालमा रयाफ्टिङ सञ्चालन
दुर्गा विसी
सल्लीबजार, १० मंसिर ।
सल्यानको प्रसिद्ध कुपिण्डे तालमा यतिबेला आन्तरिक पर्यटकहरुको चहलपहल सुरु हुन थालेको छ । जिल्ला बाहिर र भित्रबाट ताल हेर्न, मन्दिरमा वर माग्नेहरुको घुइँचो लाग्न सुरु भएको छ । कोभिड–१९ का कारण करिव ८ महिनादेखि मानिसहरुको शुन्यता देखिन्थ्यो भने पुन चहलपहल हुन थालेको छ ।
यसै शिलशिलामा व्यावसायिक दिपक यरिले आधुनिक डुङ्गा तालमा सयर गर्नेहरुका लागि परिक्षणका रुपमा सञ्चालन गर्नुभएको छ । सुविधायुक्त ताल सयर र रयाप्टिङको भरपर्दोरुपमा यसलाई लिने गरिएको छ । काठको डुङ्गा भन्दा यो धेरै सुरक्षित र निकै भरपर्दाे मानिन्छ ।
कुपिण्डे तालसँगै रयाफ्टिङ भेरी नदिमा सफल परिक्षण भएको छ । यरिका अनुसार कुपिण्डे ताल, भेरी नदिमा रयाप्टिङको लागि समेत सुविधा रहेको जनाउनु भएको छ । यसले पनि नगरको आम्दानी र पर्यटन व्यावसायलाई मदत गर्ने जनाएको छ । यो प्रविधि परिक्षणसँगै कुपिण्डे ताल र भेरी नदिमा प्रयोग हुने जनाएको छ । बनगाड कुपिण्डे नगरपालिकाकाको वडा नं. ८ मा रहेको यो ताल सल्यानको मात्रै नभइ कर्णाली प्रदेशकै पर्यटनको हवका रुपमा चिनिएको छ ।