जंगली च्याउ खादा पाँच जना बिरामी

प्रचण्ड खत्री ।
रुकुम पश्चिम, १० असार ।
रुकुम पश्चिममा जंगली च्याउ खादा पाँच जना विरामी परेका छन् । बाफिकोट गाउँपालिका वडा नम्बर ३ खरखरेका २ घर परिवारका पाँच जना बुधवार विहान बिषालु च्याउ खादा विरामी परेका हुन् ।

विरामी हुनेमा खरखरे गाउँका ५५ वर्षका हरि बहादुर उखेरा, २० वर्षीय शृष्टि बिक र २८ वर्षीय झरना विक, ४९ वर्षीय शान्ति विक, १० वर्षका बालक जनक विक रहेका छन् ।

बिहान खाना खाएपछि उनीहरु बेहोस भएका थिए । उनीहरुको कुसारी अस्पताल तथा डायग्नोसिस सेन्टरमा उपचार भैरहेको ईलाका प्रहरी कार्यालय बाफिकोटका ईन्चार्ज कर्ण बहादुर विकले जानकारी दिए ।

जंगली च्याउ खादा पाँच जना बिरामी

मदन आश्रित पार्कमा तोडफोड

Leave a comment

Your email address will not be published. Required fields are marked *