२०८२ बैशाख १८ गते
×

Now Playing

वीरेन्द्रनगरको बजेट एक अर्ब ४२ करोड

सुर्खेत, १० असार ।
वीरेन्द्रनगर नगरपालिका सुर्खेतले आगामी आर्थिक वर्षको लागि एक अर्ब ४२ करोड ९९ लाख ९१ हजार ८ सय २३ रुपैयाँको बजेट सार्वजनिक गरेको छ । कार्यवहाक नगर प्रमुख मोहनमाया ढकालले बुधवार सातौं नगरसभामा आर्थिक वर्ष २०७७/०७८ को बजेट प्रस्तुत गरेकी हुन् ।

नगरपालिकाको बजेटमा कृर्षि, स्वास्थ्य र पूर्वाधार विकासलाई प्राथमिकता दिइएको छ । ढकालले उत्पादन अभियानका लागि कृषि क्षेत्रको आधुनिकिकरण र व्यवसायीकरणमा जोड दिइएको बताइन् । कृषिमा उत्पादकत्व वृद्धिका लागि आवश्यक पर्ने कृषि सामग्रीहरु मल, बीउ, प्राविधिक सहयोग, कृषि सिंचाई, विद्युत, यान्त्रिकीकरण, कृषि वीमा र बजार पूर्वाधारको सुनिश्चितता गरिने उनको भनाई छ । नगरभित्र उत्पादन हुने फलफुलमा आँप, कागती, केरा, किवी र खाद्यन्नमा कोदो, धान, गहुँ, मकै, सिमी मसुरो, मास केराउ आदीलाई प्राथमिकतामा राखी प्रवर्दन गरिने प्रतावित कार्यक्रममा उल्लेख गरिएको छ ।

कार्यवहाक नगर प्रमुख ढकालले ‘एक सहकारी, एक उत्पादन’ नीति अबलम्बन गरिने, प्रत्येक वडामा एक सहकारी संस्थाहरुलाई कृषिमा आधारित व्यवसाय सञ्चालनमा सहजीकरण गरी नमुना सहकारीको रुपमा विकास गरिने बताइन् । यस्तै, कृषि योग्य भूमिलाई गैर कृषि क्षेत्रमा प्रयोग गर्न निरुत्साहित गर्ने, व्यक्तिगत खेतीयोग्य जमिन बाँझो राख्नेलाई बारवाही गर्ने र जमिनको उत्पादकत्व वृद्धिका लागि रासायनिक मल, जैविक मल अनुदानमा उपलब्ध गराइने छ ।

त्यस्तै, कोरोना भाइरस (कोभिड-१९) बाट संक्रमितको सम्पर्कमा आएका व्यक्तिलाई परीक्षण गरिने, संक्रमित व्यक्तिको उपचारका लागि एक सय वेडको आईसोलेसन तयार गर्ने, संक्रमणबाट मृत्यु भएका व्यक्तिलाई बोक्नका लागि एम्बुलेन्सको व्यवस्था गरिने नगरसभाको प्रतावित कार्यक्रममा उल्लेख गरिएको छ ।

महिलाहरुको पाठेघर क्यान्सर परीक्षण शिविर क्याप्प वर्ष सञ्चालन गरिने भएको छ । गर्भवती महिलालाई निशुल्क भिडियो एक्सरे, एम्बुलेन्स सेवा, निशुल्क सेनेटरी प्याट वितरण गरिने ढकालको भनाई छ । सुब्वाकुना देखि फलाटेसम्म सहायक राजमार्ग हर्ट लाईनको नक्शाकंन गरी निमार्ण कार्यको प्रकृया अगाडी बढाउन प्रदेश सरकार र संघीय सरकारसंग सहकार्य गरिने छ ।

त्यस्तै, आर्थिक विकास लागि चार करोड ३६ लाख दश लाख, सामाजिक विकासका लागि १२ करोड ३० लाख ३१ हजार, पुर्वाधार विकासका लागि १४ करोड २९ लाख ४५ हजार ९ सय ४९ रुपैयाँ विनियोजन गरेको छ । त्यस्तै, वातावरण विपद तर्फ २ करोड ३१ लख ७५ हजार र संस्थागत विकास सेवा प्रवाह र सुशासन तर्फ ३९ करोड ४० लाख ४६ हजार ९ सय ४९ रुपैयाँ विनियोजन गरिएको छ ।

यस्तै, आर्थिक वर्षमा चालु खर्च तर्फ ९० करोड ४० लाख १४ हजार चार सय, पुँजीगत खर्च तर्फ ५१ करोड ६७ लाख ९८ हजार चार सय २३ र वित्तिय व्यवस्था तर्फ ८२ लाख ८० हजार रुपैयाँ विनियोजन गरिएको छ ।

Leave a comment

Your email address will not be published. Required fields are marked *