मदन आश्रित पार्कमा तोडफोड
सुर्खेत, १० असार ।
नेपालका सय पर्यटकीय गन्तव्य मध्ये एक पञ्चपुरी न.पा.–५ बावियाचौरमा निर्माण भैरहेको मदन आश्रित पार्कमा अज्ञात समूहले तोडफोड गरी क्षति पु¥याएको छ । उक्त समूले मंगलबार राती तोडफोड गरी पार्कको पर्खाल भत्काईदिएको हो । पञ्चपुरी नगरपालिका वडा नं. ५ का अध्यक्ष होमबहादुर रामजालीका अनुसार १० मिटर पर्खाल भत्कादिएका छन् भने करिब २ हजार ईट्टा फुटाईदिएका छन् ।
उनले बिकास बिरोधी मानसिकता भएका व्यक्तिले उक्त कार्य गरेको भन्दै दोषि माथि कडा कार्वाहि गर्नु पर्ने बताए । सार्वजनिक सम्पत्तिको सुरक्षा गर्ने जिम्वार निकाय प्रहरीले भने उपभोक्ता समितिले दिएको निवेदन समेत लिन मानेको छैन । ईलाका प्रहरी कार्यालय बाबियाचौरमा तोडफोड बारे जानकारी दिँदै बुधबार विहानै निवेदन दिने गएपनि नगरपालिकामा जानुस भन्दै निवेदन बुझ्न नमानेको उपभोक्ता समितिका सचिव प्रेम ढुंगानाले बताए । यता ईप्रका बवियाचौरका प्रमुख प्रहरी निरीक्षक अलि अन्सारीले सार्वजनिक सम्पत्ती भएकाले नगरपालिका जानुस भनेको र दिउँसो गएर स्थलगत अध्ययन गर्ने बताए ।