नेकपा प्रचण्ड समूहको केन्द्रीय कमिटी बैठक सुरु, संघर्षका कार्यक्रम घोषणा गर्दै नयाँ महासचिव चयन गरिने

काठमाडौं, ९ पुस ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पुष्पकमल दाहाल प्रचण्ड समूहको केन्द्रीय कमिटीको बैठक सुरु भएको छ। कार्की ब्याङ्क्वेट बबरमहलमा भइरहेको बैठकले विष्णु पौडेललाई महासचिवबाट हटाएर नयाँ महासचिव चयन गर्ने तयारी गरिरहेको छ। यसअघि कमिटीले पार्टी प्रधानमन्त्री केपी शर्मा ओलीलाई अध्यक्ष पदबाट हटाएको थियो।

गत ७ गते बसेको बैठकले ९ वटा एजेण्डा तय गरेको थियो। आजको बैठकमा संगठनात्मक एजेण्डा माथि छलफल हुने प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए। ओलीले संविधानमाथि हमला गरेपछि संविधानको रक्षा गर्नुपर्ने बेला आएको श्रेष्ठले बताए।

यस्तै, नेता भीम रावलले प्रस्तुत गरेको संघर्षको प्रस्ताव बारेमा छलफल गरेर प्रतिनिधि सभा विघटन विरुद्ध संघर्षका कार्यक्रम पनि तय गर्ने तयारी भइरहेको छ।

नेकपा प्रचण्ड समूहको केन्द्रीय कमिटी बैठक सुरु, संघर्षका कार्यक्रम घोषणा गर्दै नयाँ महासचिव चयन गरिने

छक्का पञ्जा ३ यूट्युबमा

Leave a comment

Your email address will not be published. Required fields are marked *