दया फाउन्डेशन र भीसिएन संस्थाद्वारा राहत वितरण

धर्मेन्द्र प्रसाद यादव
पोखरिया, १० जेठ ।
पर्साको जीराभवानी गाउँपालिका वडा नं. १ को गम्हरीयाटोलमा रहेका अति विपन्न, गरिव, धांगड़ (उराँव) समुदायका परिवारलाई राहत सामाग्री वितरण गरिएको छ । दया फाउन्डेशनको आर्थिक सहयोग तथा भीसिएन नामक संस्थाको समायोजनमा गम्हरीयाटोलका गरिव, लोपुन्मुख अतिविपन्न ३६ परिवारलाई राहत सामाग्री वितरण गरिएको सामाजिक अभियन्ता प्रकाश थारुले बताउनुभयो ।

लकडाउन भएको समयदेखी नै दैनिक ज्यालादारी गर्ने मजदुर, अति विपन्नहरु मारमा परेको उक्त टोलका मजदुर, गरिब, अति विपन्न समुदायका स्थानीयले स्थानीय तह, प्रदेश सरकारको तर्फबाट राहतको नाममा हालसम्म केही पाएका थिएनन् । स्थानीय केही युवाहरुले गाउँमा कोरोनाको माहामारी भन्दा भोकमरीले मर्ने अवस्था सृर्जना भएको भन्दै सहयोगको आग्रह गरेपछि सामाजिक अभियन्ता प्रकाश थारुको पहलमा भिसीएन नामक संस्थाले ३६ परिवारलाई राहत सामाग्री वितरण गरेको हो । राहत सामाग्रीमा १५ किलो चामल, दाल, आलु, तेल, नुन, हात धुने साबुन लगायत रहेको सामाजिक अभियन्ता थारुले बताउनुभयो ।

भीसीएन नामक संस्थाका अध्यक्ष दिपक चापागाई र उपाध्यक्ष राधा मतांगीले गरीब परिवारलाई राहत सामाग्री वितरण गर्नुभएको हो । सामाजिक अभियन्ता थारुले वडा नम्बर १ को गम्हरीयाटोलमा राहत बाडीएपनि उउक्त टोल वरीपरीका बेल्डारी, पकडीटोला लगायतका स्थानमा अझसम्म पनि स्थानीयहरुले राहतको नाममा केही नपाएको र सहयोगको आवश्यक्ता रहेको बताउनुभयो ।

दया फाउन्डेशन र भीसिएन संस्थाद्वारा राहत वितरण

बिस थान भरुवा बन्दुक,नाल र तीन थान

दया फाउन्डेशन र भीसिएन संस्थाद्वारा राहत वितरण

सडकले भत्काएको कुलो तीन बर्षपछि सञ्चालनमा

Leave a comment

Your email address will not be published. Required fields are marked *