बिस थान भरुवा बन्दुक,नाल र तीन थान घोरलको छाला बरामद

रामचन्द्र न्यौपाने
डोल्पा, १० जेठ ।
डोल्पाको शे–फोक्सुण्डो निकुञ्जको गस्ती टोलीले बिस थान भरुवा बन्दुक र तीन थान घोरलको छाला बरामद गरेको छ । निकुञ्ज क्षेत्रभित्र हुने अवैध चोरी शिकारी रोक्न अप्रेशन नै चलाएर हात हतियार खोजी गर्न सुरु गरेपछि बिस थान भरुवा बन्दुक,एक थान नाल र तीन थान घोरलको छाला बेवारिसे रुपमा फालिएको अवस्थामा बरामद गरिएको हो ।

त्रिपुरासुन्दरी नगरपालिकामा पर्ने रुम,रसी र ठुलिभेरी नगरपालिकामा पर्ने परिला र रहबाट बिस थान भरुवा बन्दुक,एक थान नाल सहित तीन थान घोरलको छाला बरामत गरिएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत सरोजमणि पौढेलले जानकारी दिए । बरामत गरिएका भरुवा बन्दुक र छाला निकुञ्ज कार्यालय सुलिगार्डमा राखिएको छ ।

निकुञ्जले पटक–पटक चोरी शिकारीमा प्रयोग हुने भरुवा बन्दुक लगायतका हातहतियार बुझाउन बिभिन्न माध्यामबाट सुचना जारी गर्दै आए पछि स्थानीयले पक्राउ पर्ने त्रासले घरदेखि टाढा लगेर बेवारी रुपमा फालेको अवस्थामा भेटिएका हुन् । निकुञ्जका कर्मचारी, नेपाली सेना, मध्येवर्ती क्षेत्र व्यवस्थापन समितिका पदाधिकारीहरु सहित भएर दश दिनसम्म अप्रेशन नै चलायर हात हतियार खोजीकार्य सुरु गरिएको थियो ।

बेवारिसे फेला परेका भरुवा बन्दुक कसका हुन,कसले चोरी शिकारी गरेको छ भन्ने बिषयमा अनुसन्धान भइरहेको निकुञ्जले जानकारी दिएको छ । धमाधम हतियार फेला पर्नुले निकुञ्ज र मध्यवर्ती क्षेत्र भित्र बस्ने बासिन्दा नै चोरी शिकारीमा लाग्ने गरेको प्रष्ट देखिएको शे–फोक्सुण्डो निकुञ्जले जनाएको छ ।

निकुञ्ज र मध्यवर्ती क्षेत्रभित्र बसोबास गर्ने सम्पुर्ण सर्वसाधारणलाई आफु सँग भएका हात हतियारहरु बुझाउन ३५ दिने सुचना समेत जारी गरिएको प्रमुख संरक्षण अधिकृत पौढेलले जानकारी दिए । निकुञ्ज क्षेत्रहरुमा पाइने बहुमुल्य जडिबुटी,दुर्लभ वन्यजन्तुहरु लगायत वन पैदावारको चोरी तस्करी रोक्नका लागि पछिल्लो समयमा निकुञ्ज सुरक्षार्थ बसेको इश्वरी बक्स गुल्मका सेना र निकुञ्जका कर्मचारीहरुले नियमित गस्ती गर्ने गरेकाछन् ।

देशकै गहनाको रुपमा रहेको शे–फोक्सुण्डो निकुञ्जमा हुने चोरी तस्करी हुनबाट जोगाउनका सेनालाई नियमित गस्ती खटाइरहेको गुल्मपति लेखनाथ कटुवालले जानकारी दिए । दश दिनको अवधिमा ठुलो परिमाणमा भरुवा बन्दुक र संरक्षित वन्यजन्तुको छाला फेला पार्नु निकुञ्जका लागि ठुलो सफलताको कुरा भएको कटुवालको भनाई छ ।

मध्यवर्ती क्षेत्र विकास कार्यक्रम र विश्व वन्यजन्तु कोष नेपालको आर्थिक सहयोगमा निकुञ्जका १७ वटा मध्यवर्ती क्षेत्र उपभोक्ता समितिमा समुदायमा आधारित चोरी शिकार नियन्त्रण उप–समिति गठन गरेको छ । शे–फोक्सुण्डो निकुञ्जमा दुर्लभ वन्यजन्तु हिँउ चितुवा समेत पाइने गर्दछ् ।

Leave a comment

Your email address will not be published. Required fields are marked *