विद्युतीकरणमा गाउँपालिकाले अवरुद्ध पु¥याएको भन्दै स्थानीयद्धारा विरोध

दुर्गा विसी ।
सल्यान, ५ असोज ।
विद्युतीकरणको काममा सल्यानको त्रिवेणी गाउँपालिकाले अवरुद्ध पु¥याएपछि स्थानीयले विरोध गरेका छन् । गाउँपालिका अध्यक्ष मानवहादुर डाँगीले नितिगत कुरालाई व्यवस्था गरेको नेकपाले आरोप लगाएका छन् । सामुदायिक विद्युतीकरणको कार्यमा गाउँपालिले अवरुद्ध पु¥याएको जनाए । स्थानीय सरकारले सामुदायिक विद्युतीकरण विस्तार गर्ने नाममा जिल्ला विद्युत कार्यालय सल्यानबाट लगेको पोल र तार बिस्तारमा स्थानीय सरकारले काम गर्ने अवरोध गरेपछि नेकपा त्रिवेणि गाउँ कमेटी विरोध उत्रिएको हो ।

काममा गाउँपालिकाले अवरुद्ध गर्नु भनेको राजनीतिक प्रतिसोध भएको जनाएको छ । साथै स्थानीय सरकारका वडा अध्यक्ष गाउँपालिका अध्यक्षहरुले सरकारी गाडीको चरम दुरुपयोग भएकोमा उक्त कार्य बन्द गर्न आह्वान गरिएको छ । गाउँपालिकामा कोठेसनका नाममा कार्यकर्ता भ्रमणपोषण कार्य बन्द गर्न समेत नेताहरूले बताए । गाउँपालिकाका ज्यादतीका विरुद्ध स्थानीयले विरोध प्रदर्शन गरेका हुन् ।
उक्त विरोध सभामा त्रिवेणी गाउँ कमेटीका नेकपा पार्टीका अध्यक्ष लोकेन्द्र खडका, सचिप अजय रोका, जिल्ला कमेटी सदस्य भिमसेन नेपालीले सम्बोधन गरेका थिए । विरोध प्रदर्शनमा चार सय स्थानीयहरुको उपस्थिति रहेको थियोे ।
संघीय सरकार प्रदेश सरकारको तर्फबाट परेको विकासे बजेटमा गाउँपालिका अध्यक्ष डाँगीले कामकाजमा अवरुद्ध पु¥याएको नेकपा त्रिवेणी गाउँकमेटीको भनाइ छ । विकासका नाममा आएको रकमका स्थानीय सरकारको हस्तक्षपकारी भुमिका बन्द गरी कामकाज सहज रूपमा अघि बढाउन माग गरिएको छ ।






