डोल्पाको डाँफे चिडियाखाना लगिँदै

रामचन्द्र न्यौपाने ।

डोल्पा, ५ पुष

डोल्पाबाट राष्ट्रिय पन्छी डाँफेलाई काठमाण्डौ स्थित चिडियाखाना लगिने भएको छ । मध्येवर्ती क्षेत्रका एक स्थानीयले उद्धार गरि शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज कार्यालय सुलिगाडमा बुझाएको भाले डाँफे काठमाण्डौ लैजान लागिएको निकुञ्जले जनाएको छ ।

एक साता अघि त्रिपुरासुन्दरी नगरपालिका वडा नं २ रसी गाँउ बस्ने स्थानीय बिरचन्द्र कठायतले चिल लखेटेर घाईते बनाएको अस्थामा उद्धार गरि निकुञ्जमा बुझाएका थिए ।

संघिय सरकारको वन तथा वातावरण मन्त्रालय अन्तर्गतको राष्ट्रिय निकुञ्ज विभागको निर्देशनमा डाँफेलाई चिडियाखाना लैजान लागिएको निमित्त प्रमुख संरक्षण अधिकृत सरोजमणी पौडेलले बताए ।

डाँफेलाई निकुञ्ज कार्यालयमा सुरक्षित राखिएकाले केही दिन भित्रै काठमाण्डौ लैजाने तयारी भइरहेको पौडेलको भनाई छ । एक महिना यता दुई घोरल र एक डाँफे सहित तीन वटा संरक्षित वन्यजन्तु स्थानीयलेनै उद्धार गरि निकुञ्ज कार्यालयमा बुझाएका छन् ।

पछिल्लो समयमा निकुञ्ज र मध्यवर्ती क्षेत्रका स्थानीयलाई वन्यजन्तु संरक्षणमा जागरुप बनाउन निकुञ्ज सफल भएको सरोकारवालको भनाई छ । संरक्षणका क्षेत्रमा उदाहारणीय काम गर्ने व्यक्ति वा संस्थालाई निकुञ्जले पुरष्कार समेत दिँदै आएको छ ।

Leave a comment

Your email address will not be published. Required fields are marked *