प्रतिनिधि सभा विघटन गर्न सिफारिस गर्ने प्रधानमन्त्री वली विरुद्ध सुर्खेतमा प्रदर्शन

सुर्खेत, ५ पुस ।
प्रतिनिधि सभा विघटन गर्न सिफारिस गर्ने प्रधानमन्त्री केपी वली विरुद्ध सुर्खेतमा प्रदर्शन गरिएको छ । नेकपा सम्वद्ध जनवर्गीय संगठनहरुले वीरेन्द्र नगरमा रहेको नेकपाको पार्टी कार्यालय अगाडी प्रदर्शन गरेका हुन् ।

प्रधानमन्त्री वलीले गरेको अवैधानिक, अलोकतान्त्रिक निरकुंश संसदीय विघटनको ‘कु’ का विरुद्ध विरोध प्रदर्शन गरिएको जनवर्गीय संगठनले जानकारी दिएका छन् । नेकपा सुर्खेतको बैठक बसिरहेकाले मंगलगढी चौकबाट प्रधानमन्त्री वली विरुद्ध विरोध प्रदर्शन गर्ने तयारी समेत गरिएको बताइएको छ ।
प्रधानमन्त्री वलीले संसद विघटनका लागि आज राष्ट्रपति विद्यादेवि भण्डारी समक्ष सिफारिस गरेको थिए । राष्ट्रपति भण्डारीले संसद विघटन गरेको घोषणा गरेकी थिइन् ।,






