अब बँदेल मार्न पाइने !

काठमाडौं : वन तथा वातावरण मन्त्रालयले जंगली बँदेललाई हानिकारक जनावरको सूचीमा राखेको छ । हानिकारक जनावर घोषणा गरिसँगै अब जंगली बँदेललाई स्थानीयले मार्नसम्म पाउने भएका छन् ।

मन्त्रालयले जंगली बँदेललाई २०७६/७७ सम्मका लागि कृषि हानिकारक वन्यजन्तु घोषणा गरेको हो । बँदेल नेपालको प्रायः सबैजसो जिल्लामा पाइन्छ । यो तराई पहाड सबै क्षेत्रमा पाइने जनावर हो । जंगली बँदेललाई मन्त्रालयले अनुज्ञापत्रबिनै धपाउन, पक्रन वा मार्न सकिने निर्णय गरेको छ ।

बँदेलकै प्रजाति सानो जातको बँदेल भने संरक्षित वन्यजन्तुमा राखिएकाले यसलाई मार्न धपाउन नपाइने मन्त्रालयले जनाएको छ । मन्त्रालयको निर्णयअनुसार खेतीबारीमा बालीनालीमा नोक्सानी पु‍¥याए किसानले पक्राउ गरेको सूचना सम्बन्धित राष्ट्रिय निकुञ्ज, आरक्षण, डिभिजन वन वा स्थानीय वडा कार्यालयलाई दिनु पर्नेछ । बँदेललाई धपाउने वा पक्रने क्रममा मारिए स्थानीय प्रतिनिधिसहित मुचुल्का खडा गरी तौलको मूल्य तोकी रकम राजस्व दाखिला गर्नुपर्ने सर्तमा उल्लेख छ ।

मारिएका बँदेलको त्यसको जानकारी मन्त्रालय मातहतका कार्यालयमा गराउनु पर्नेछ । तर, राष्ट्रिय निकुञ्ज, वन्यजन्तु आरक्ष, सिकार आरक्ष संरक्षण क्षेत्र वा राष्ट्रिय वन क्षेत्रमा जंगली बँदेललाई धपाउन, लखेट्न, पक्रन वा मार्न पाइने छैन । मन्त्रालयका सहसचिव डा. सिन्धुप्रसाद ढुंगानालले भने, ‘किसानको बालीमा हानि गरेकाले यसलाई मार्न सक्ने गरी हानिकारक वन्यजन्तु घोषणा गरेका हौँ ।’

हानिकारक जनावर घोषणा गरेर मार्न दिएसँगै कृषि बालीमा हानि नपुर्‍याउने बँदेल पनि जोखिममा पर्ने सम्भावना बढेको छ । जंगली बँदेलबाहेक बाँदर, चितुवा, नीलगाई, हात्तीलगायत जन्तुले कृषि बालीमा हानि पु‍¥याएको भनी उजुरी आएको उनले बताए । उनले भने, ‘यी जनावरको समस्या कसरी हटाउने भन्नेमा छलफल चलिरहेको छ ।’

Leave a comment

Your email address will not be published. Required fields are marked *