दोहोरोपना हुने भएपछि गाउँपालिकाद्वारा बजेट फ्रिज

हुम्ला, २ साउन ।
आएको बजेट असारे विकास गरेर खर्च गर्ने प्रतिश्प्रर्धा गाउँपालिकामा चलि रहेका बेला खार्पुनाथ गाउँपालिकाले बिकासका लागि आएको बजेट फ्रिन पठाएको छ । बजेट खर्च गर्दा दोहोरापना हुने र कोरोना कहरले काम गर्न नसकिने भएपछि सो गाउँपालिकाले बजेट फिर्ता पठाउनु उपयुक्त ठानेको हो ।

खार्पुनाथ गाउँपालिकाको एक करोड ४० लाख ३९ हजार तीन सय ३२ बजेट फ्रिज गएको छ । गाउँपालिकाले कोरोना कहरले गर्न नसकेका काम र दोहोरोपना हुने गरि निबीयोजित भएको बजेट खर्च नहुने भएपछि सो बजेट फ्रिज पठाएको गाउँपालिकाका लेखा प्रमुख बिशाल बोहराले बताए । उनका अनुसार प्रदेश र संघीय सरकारको कार्यक्रम पनि गाउँपालिकाका दुई वटा स्थानमा ट्रष्ट ब्रिज बनाउने गरि आएको पचास लाख बजेट फ्रिज गएको हो ।
गाउँपालिकाले पनि पुल बनाउँदा दोहोरोपना हुने भएपछि बजेट पठाउनुको बिकल्प थिए। यद्यपि गाउँपालिकाको बजेट पनि सोही शिर्षकमा हुदा दोहोरोपना देखिएपछि केही समय अघि संघीय सरकारसँग गाउँपालिकाले बजेटको शिर्षक परिवर्तन गर्न गरेको तर गाउँपालिकाको अनुरोध माथि कुनै सुनुवाई नहुँदा अहिले आएर सो बजेट फिर्ता गएको गाउँपालिकाले जनाएको छ ।






