हुम्लामा एक वर्षमा १८ जना गर्भवतीको हेकोप्टरबाट उद्दार

हुम्ला, २ साउन ।

एक वर्षमा हुम्ला जिल्लामा १८ जना हुम्लामा एक वर्षमा १८ जना गर्भवतीको हेकोप्टरबाट उद्दार गरिएको छ । तीन देखि एक हप्तासम्म प्रशब ब्यथाले छटपटाएकी गर्भवती महिलाहरुको संघीय तथा प्रदेश सरकारले हवाई उद्दार गरेर ती महिलाहरुलाई बचाएको हो ।

नाम्खा गाउँपालिका वडा नम्बर ५ को लिमीका वडा अध्यक्ष पाल्जोरले पछिल्लो पटक मंगलवार गर्भवती महिलालाई हेलिकोप्टमा सुर्खेत उद्दार गरिएको बताए। उनले चार दिनसम्म प्रशब ब्यथाले थलिएकी महिलाको स्थानीय प्रशासनको समन्वयमा उद्धार गरिए पछि सुर्खेतमा सफल रुपमा बच्च जन्मिएको बताए । स्वास्थ्य सेवा कार्यालयका प्रमुख प्रेम बहादुर सिंहले गत साउन महिना यता हुम्ला जिल्लाबाट १८ जना सुत्केरी ब्यथाले छटपटाएकी महिलाको हेलिकोप्टरबाट नेपालगंज, सुर्खेत, जुम्ला र जिल्ला अस्पताल सिमकोटमा उद्दार गरिएको बताए ।

उनीहरु सबै तीन देखि सात दिनसम्म ब्यथा लाग्दा स्थानीय प्रशासनको समन्वयमा हेलिकोप्टरबाट उद्धार गरिएको हो । प्रमुख सिंहका अनुसार उद्धार गरिएका मध्य नाम्खा गाउँपालिकाबाट चार जना, चंखेली गाउँपालिकाबाट पाँच जना, सर्केगार्ड गाउँपालिकाबाट दुई जनालाई जुम्ला, सुर्खेत र नेपालगंज उद्धार गरिएको थियो भने जिल्ला भित्रैबाट सात जना महिलाको हेलिकोप्टरबाट उद्धार गरि जिल्ला अस्पतालमा ल्याएर सफल रुपमा सुत्केरी गरिएको हो ।

उद्दार गरिएको सबै गर्भवती महिलाले सफल रुपमा बच्चा जन्माउनु भएको थियो। जिल्ला अस्पतालकी सिनीयर अनमी सरिता बोहराका अनुसार केही सुत्केरी त अन्तिम अबस्थामा उद्दार गरिएको भएपनि चिकीत्सक तथा स्वास्थ्यकर्मी सफल प्रयासले उनीहरु र बच्चा बाँच्न सफल भएको बताइन् ।

उद्दारका लागि प्रयोग भएको हेलिकोप्टको भाडा भने महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयले तीन वटाको र बाँकी १५ वटा हेलिकोप्टरको भाडा कर्णाली प्रदेश सरकारको सामाजिक बिकास मन्त्रालयले ब्यहोरेको छ । यसरी भर्गवतीको हेलिकोप्टबाट उद्धार गर्ने कार्य गर्त वर्ष ११ जना रहेका थिए । सरकारले हिमाली क्षेत्रका गर्भवती महिलाका लागि एयरलिफ्टको ब्याबस्था गरेपछि उउद्दार गरिने महिलाको संख्यामा वृद्धि भएको छ ।

हुम्लामा एक वर्षमा १८ जना गर्भवतीको हेकोप्टरबाट उद्दार

दोहोरोपना हुने भएपछि गाउँपालिकाद्वारा बजेट फ्रिज

हुम्लामा एक वर्षमा १८ जना गर्भवतीको हेकोप्टरबाट उद्दार

YUGAAWHAN NATIONAL DAILY (2077-04-02)

Leave a comment

Your email address will not be published. Required fields are marked *