ओलीबाका कुरा सारै रसिला र घत लाग्दा

जल्ले जे सुकै भनोस् । मलाइ चाइँ ओलीबाका कुरा सारै रसिला र घत लाग्दा लाग्छन् । भख्खरकै कुरा त हो, ओलीबालाई भष्टाचार विरुद्धको दिवसाँ सन्देश जारी जर्नुपर्ने भएछ देशबासी र जन्ता नामाँ । अनि ओलीबा नि के कम ! देशाँ भष्टाचार भो कैले हलानोले गर्याे, अनि कैले फलानोले गर्याे भनेर जनता कराकराई गर्न थाले । आफ्ना भागाँ एक पैसा आछैन । अनि आफन्त भनाउँदाहरलाई सोध्यो भष्टाचार भा छैन भन्छन् । अनि के गर्नु त ला जा भनेर भन्दिनु भो । आँफूसत्ताँ आएदेखि भष्टाचारै भाछैन भनेर । भन्ने बेलाँ भन्दिने हो, पछि जे सुकै होस् भन्ने कुरा ओलीबाले राम्रोसित बुझ्नु भाथ्यो । त्यै भएर भन्दिनु भो । यो सुनेर जनता हाँस्लान् भन्ने के था भो त नी । जनता पनि हाँसे हाँस्या त राम्रै त हो त । कसैलाई र्वाउनुपो भएन । हँसायर के हुन्छ र ! त्यसो त ह्वालाई आफ्नै प्रिय गोकुल्या जागिर आँफैले खाइदेको नि बिर्सनु भएछ । प्रधानमन्त्री जस्तो मान्छेलाई कति हेक्का रओस् तनि । गोकुल्या जागिर भष्टाचारकै केशाँ गाहो भन्ने । त्यसो त जनताले त भनेकै छन् नि जहाज खरिद काण्डदेखि ऐल्या कोरोनाँ खरिद स्वास्थ्य सामग्रीसम्म सब्बैमा भष्टाचार भाछ भनेर । तर, हाम्रो प्रधानमन्त्री ज्यु अरुले भन्या पत्याउनु हुन्न ?

त्यसो त भष्टाचार नभएरै त होला अख्तियारको हाकिमको पद उहिल्यैदेखि खाली छ । तर पदपुर्ति भा छैन । त्यसो त भष्टाचारको विरोध कसैलेनी नगर्ने कुराँ ओलीबा र काँग्रेस को फतके ( देउबा) बिचाँ आपसि सहमतिभाछ पनि भन्दारैछन् । हुन पनि यसो छाँटकाँट हेर्दा भाकै जस्तो नि देखिन्छ । भिसीदेखि सिसिसम्ममा लेनदेन र सहमति भएरै त होला टाउकेदेखि भुसुनासम्मले रकम झ्वाम पार्न कत्ति छोड्या छैन । गाउँको एउटा जैरे वडासदस्य र उपभोक्ता समितिका चैतेहरलेसमेत आँखा चिम्म गरेर लाखौँ करोडौँ खाएछि ओलीबाले तिन्कोनी त शरण गर्नुपर्याे । त्यै भएर नि ऐलेसम्म भष्टाचार भा छैन भा कुरा सुनियो भने गाउँ गाउँबाट निकालिन्छ भनेछि खान नपाएर मुखाँ माखा हम्कँदै बस्दै गर्ने कार्यकर्तानी मख्ख । गाउँ गाउँमा सिंहदरबार ल्याउँछौ भनेर हिँदै गर्ने प्रचण्डले नि अब त देखे सुने होलान् । गाउँमा सिंहदरवारले के गर्दैछ भनेर । त्यसो त प्रचण्ड कमरेडले क्यान्टुनमेन्ट काण्डदेखि मल आयात काण्ड अनि सिमेन्ट काण्ड र सडक निर्माण काण्डाट कति कमाउनुभाछ कति ? ह्वाँका लागि आफ्नो घरबेटिनै तमाम छ । ७ पुस्तालाई पुग्ने कमाई सक्नु भाछ ।

माओवादी युद्ध भनेकै पैसा बलाँ भा हो । युद्ध जितेर सत्ताँ आएछि अब प्रचण्डलाई रुपियाँ के कमी । बुहारी कमाउने, छोरी कमाउने, आँफु कााउने, अनि आफ्ना भनाउँदाले नी कमाएर ल्याएर इमान्दारीपूर्वक बुझाउने भएछि दाहाललाई नि पैसा दुख छैन । बरु सत्ताट उम्के भने ओलीबाले साँच्चै कमारइन्छन् भने उनले दुख्ख चाइँ पाउँछन् है ! हुन त बूढाबुढीको जिन्दगी केइ नभएनी बृद्धआश्रमा गएर भजन गाएर जिन्दगी कटाउन नी सक्छन् । ऐल्या कमिनिष्टहरलाई भजन किर्तन भनेछि औधि रस जाग्छ । त्यसैले होला ओलीबा भष्टाचारीलाई गाउँ गाउँबाट निकाल्छु भनेर गर्जन हाल्दैछन् । तर कार्वाहि गर्ने संस्थाँ मान्छ्यै नभएछि कारवाही चाहिँ कल्ले गर्दिने रैछ ? ओलीबाका भान्सेहरले यो कुरा भन्दे त हुँदो नी । के गर्ने चुड्किले ओलीबाका किचेनक्याविनेटहरलाई उखान टुक्का सुन्दै फुर्सद छैन । राम्रा कुरा कल्ले सुनाइ दिने । साँच्चै ओलीबाले जे भन्छन्, त्यो गर्ने भए देश कस्तो हुँदो ? तर के गर्नु ओलीबा जे गर्दैनन्, त्यो भन्छन र पो त । जयहोस ओलीबाको ।
वेदर्षि

सम्पादकीयः विद्युतमा सुधारको संकेत

ओलीबाका कुरा सारै रसिला र घत लाग्दा

प्रदेश प्रमुखले दिए श्रुतीलाई बधाई

Leave a comment

Your email address will not be published. Required fields are marked *