प्रदेश प्रमुखले दिए श्रुतीलाई बधाई
सुर्खेत, २९ मंसिर ।
पावर लिफ्टिङ्गतर्फ नेपाललाई पहिलो पटक स्वर्ण पदक दिलाउन सफल सुर्खेतकी चेली श्रुती कार्कीलाई कर्णाली प्रदेशका प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले बधाई दिएका छन् ।
भारतको मुम्बईमा आयोजित २१ औंँ पावर लिफ्टिङ वर्ल्ड कप–२०२० अन्तर्गत ५५ किलो समूहमा सहभागी भई नेपाललाई स्वर्ण पदक जिताएकोमा खुशी व्यक्त गर्दै कलौनीले खेल क्षेत्रमा थप सफलताको कामनासमेत गरेका हुन् ।
श्रुतीले खेलको माध्यमबाट विश्व जगतमा नेपालकी शीर उचो राख्न निर्वाह गरेको योगदानप्रति प्रदेश प्रमुख कलौनीले प्रशंसा गरे । एसियन पावर लिफ्टिङ एसोसिएसनले मंसिर १९ देखि चार दिनसम्म आयोजना गरेको प्रतियोगितामा बडी बिल्डिङ संघमार्फत् वीरेन्द्रनगर नगरपालिका ६ की कार्की सहभागि भएकी थिइन् ।