नेता शर्मालाइ पत्नी शोक
सुर्खेत, २९ भदौं ।
नेपाल कम्यूनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) का केन्द्रीय सदस्य चक्रपाणी शर्मा शोकमा पर्नुभएको छ । उहाँका धर्मपत्नी ६० बर्षिय चन्द्रा थानीको उपचारको क्रममा निधन भएपछि पत्नी शोकमा पर्नुभएको हो । नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) का कर्णाली प्रदेश सदस्यसमेत रहनुभएका नेतृ चन्द्रा थानीको २०१७ साल चैत्र १६ गते सुर्खेतमा जन्म भएको थियो ।
पार्टीको कर्णाली प्रदेश सदस्य तथा अखिल नेपाल महिला संघ (क्रान्तिकारी) का केन्द्रीय सह–सचिव, प्रगतिशील कवि, साहित्य तथा साँस्कृतिक आन्दोलनमा उहाँको महत्वपूर्ण भूमिका रहेको थियो । पित्त थैलीको पत्थरीको शल्यक्रियाका लागि मेडिसिटी अस्पतालमा भदौं १७ गते भर्ना हुनुभएको थियो । शल्यक्रियापछि उपचारको क्रममा उहाँको आइतबार चार बजेर १५ मिनेट जाँदा निधन भएको थियो ।