पतनको चौबाटोमा हराएको मानवता !

भिम भण्डारी (खरो)
वीरेन्द्रनगर, सुर्खेत

आफनो भेष अदली बदली गदैं गर्ने काम नगरी नगर्ने काम गरी मान्छे झुक्याउन थाल्छ मान्छे । केही नेतासमेतलाइ पतनको चौबाटोमा डो¥याउने काम वरिण्ठ नेतागणबाटै शुरुभयो । दुइतिहाइ वहुमत प्राप्त सरकारको राजिनामा माग राख्दै एक गुट गुटबन्दीमा लिप्त देखिन्छ ।

उसको इच्छा आफु र आफनो गुट हावी बनाउने दाउमा जुंगामा ताउ लगाउने पतनको चौबाटोमा छ । जनअपेक्षामा तिलान्जली दिदै आफना पक्षलाइ उकासी उकेरा लगाउने चक्कर चलेको छ । यो घनचक्करले आफनो पार्टीलाई र वर्गीयगुटलाइ दोबाटोमा उभिन विवश तुल्याइ दिदैछन् । तीन ठूला पद त हात पर्लान् तर जनताको साथ विपरित दिशामा रेलैमा सर सर सररर । बस् यती बुझेर पतनको चौबाटोबाट फर्किन यस्ता छन् सुझावहरु ।

जनताको न्यानो साथ थियो र छ नेकपालाई । जनताको जसको मूलकारण जवज नै हो । न त प्रचण्ड पथ । आफना काम खाफै गर्न जनता खातुर छन् । धन साधन छ तर गतिलो मात्र शोच देखियन । यसको मूल कारण पद, पैसा, प्रतिष्ठा र अहंकारले पतनको बाटो समाते नेताले । घरफुटे गवार जुटे । भारतीय हुन वा चिनीया जो जे भय नि तिनका सूचक हुनु र तिनकै काम गर्नु अनि माम खानु तर जनतासग विमुख हुनु विकासमा विनाश गरी धन आर्जनमा लिप्त हुनु नेताका नियती देखिए ।

नेताहरु देश र जनताका कथा, ब्यथा, आपत, विपत, पीर, मर्का ,विकाश र निर्माणका सवालमा अगुवाइ जिम्मेवारी र दायित्व पुरा गरेको हुनु पर्छ । घर झगडा गरेर यो समय वर्वाद गरेर जनताका ताजा सवाल संबन्धी सम्बोधन नगर्नु अगुवाका कम्जोरी हुन् । अगुवाहरु ले जिम्मेवारी वहन नगर्नु र दायित्व र कर्तव्य पुरा नगर्नु नेताका नीयती बन्दैछन् । मदन भण्डारी नरहे पनि उनको आत्मा जीवित छ । जवज र उनका भाषणले अझै जनतामा उत्साहा र उमंग उत्कर्षमा जगाउंदै छन् । हामीलाइ पनि उत्साह थप्ने काम मदन जस्ता नेताले नगरेको भय कम जानकार हुने अवस्था यथावत नै हुन्थो ।

अभैm देश र जनताका कथा र ब्यथाका जानकार हामा्र अगुवा नहुनु र तिनले आफु र आफनाका लागि जनता जस्ता ऐनाका अगाडि आफना गल्ती नसच्चयाउनु र निरन्तर गल्ती दोहोरयाउनु अनि सरकारी वजेट बिसुन सुकाए झै सुकाइ पकाइ कारिन्दाका नाफामा मात्र केही अंश खर्च हुने नत्र असारमा ब्यागमा नअटने ब्याक गरेर जनता खुशी कसरी हुने नेताज्यू ? ऐले साल मात्र कति वजेट फ्रीज गयो ? यो जानुमा साधन र श्रोतको मनपरि दुरुपयोग अनि जनतालाइ दोष कि मान्छेलाई ? दोषि त नेता र तिनका कर्मचारी भयनन् र ?कामकाजीका हात र साथमा वजेट नहुनु र बेुकामीका हातमा मात्र वजेट जानुमा दोषि नीति बनाउने र वजेट कार्यान्वायन गर्ने दुबै होइनन् त ? जनताका आंगनमा सुकाउने बिसुन मात्र हुन्छ वजेट । नेपालमा जस्तो देगाउने दन्त नै वजेट हुन्छ भने यस्तो हुदैन अन्त ? जनता परिवर्तन गर्न र हेर्न चाहन्छन ।

यसैका लागि हिजोका सत्ताधारीलाइ आज जनताले नै प्रतिपक्षमा अर्थात् छायाँ सरकारमा उभ्याएका हुन । सत्ताको माया गर्नेले जनतालाइ पनि माया दया गर्न सक्नु पर्छ । अंशभाग बण्डामा सिमीत भई पदका लागि हिरीक्कै हिरन माग्नेहरु र जनताका लागि विकाशको निसाफ र निकाश नगर्नेहरु नै पतनको चौबाटोमा उभिएका नेपाली जनताका चोखरबाट निक्लेका जोकरहरु हुन । छ दशक यताको अनुभव र विभिन्न सरकारका गतिविधी अवलोकनबाट तिनीहरु पनि कमदोषि थिएनन । सबै सरकारका पालामा अगुवा नेता र कारिन्दा नै दोषि थिए र छन् ।
हात चलाउन सबै औलाहरु समान चल्नु पर्छ । अरु नचले बुढीओेंलाले मात्र के गर्न सक्छ ? बुढीऔंला हो प्रधानमन्त्री पद । कर्मीले काम नगरे हटाउने हो तर नहटाउनु र तिनका घेराबन्दीमा समय बर्वाद गर्नु पीएम पनि दोषी नै हुन । काम नगरी दामका खोजीमा लाग्नेहरु उपर हटाउने र लखेटने नीतिमा कमी देखियो ।

इमान्दार नेता कार्यकर्ता पाखामा राखि काखामा बेइमानलाइ घुमाए । जल जमिन र जंगल अनि राज्यकोषमा दाेहन गर्नेहरु नै सत्ताका अंशियार भए । बेमेल देखाउदै दाेहन गर्दै सात पुस्ताका लागि धनलाभ गर्नेहरु टिपेर तानिए, चुनिए, छानिइ छनौटमा पारिए । यै बेथाले हिजोका सरकारका नेता आज वर पीपलका छहारीमा छायाँ सरकारका भलै भूमिकामा उत्तानो परेर घुर्दे छन भने तिनका भूमिकामा विचौेलियाका भिड पिएमलाइ घुमाउदै छन । कारिन्दाहरु का कुकर्म नबुझनु र नचिन्नु अनि, घरबारे भोकै र मलखाद रुखै कहिलै हुदैन भन्ने उखान त उखाने नेतालाइ याद नै हुन्छ ।

हान जेउरी बान नेलका नीति नलिई कामकाज छोडेर राजिनामा माग्नेहरु कै राजिनामा माग्दा मात्र पुक्दैन । नेल र जेलका नीति अवलम्वन अरौं टुक्के नेताजी । जनबोली नै शक्तिको मूलस्रोत हो । जनअवस्था व्यवस्थाले नसुधारिकन व्यवस्था मात्र सुधारेर जनताले चाहेको, रोजेखोजेको परिवर्तनमा असम्भवलाई सम्भवमा बदल्दै पतनका दिशामा चौबाटोमा उभिनेहरुका विरुद्ध जनस्तरबाटै खबरदारी गरौं ।  हिजोको तुलनामा आज केहि परिर्वतन भएता पनि आज जो जे हुनु पर्ने हो त्यै नहुनु जनताका नजरमा कमीकै आलोचना देखिन्छ । समयसँगै परिवर्तन दिन नसक्नेहरु आज अगुवा भय, भन्ने यै हो जनताको आरोप । तर, सुधारका काम भएता पनि संघीयताका अधिकारले तीन तहमा तालमेल नहुनु र काममा बेमेल हुनु वजेट फीर्ता हुनुले जनतामा निराशा छायो ।

आआफनै डम्फु फुक्दै पिएमलाइ गल्तीका ठेकेदार देखाउदै टाउको लुकाउनेहरु का तर्फबाट थोरै गल्ती भयनन् । सत्ताको अंशभाग बुझेर जनतामा जवाफदेहिता नहुनु सत्तासाझेदारका अंशियारका पनि ठूलै गल्ती थिए र छन् । जनआरोपका बारेमा राय र तर्क दिन र खण्डन गर्न अघिसम्म नसर्नेहरु ठुलो पदका भाग खोज्ने लाइनमा देखिनु थप आश्चर्यको विषय बन्दैछ । कसैकसैसंग त यै आलेखका आलोचना थेक्न सक्ने विवेक र स्तर छ भन्न पनि सकिन्न । स्थानिय तहमा देशभर सबै दलका जिम्मामा वजेट आयको थियो र छ । जनप्रतिनिधीका जिम्मामा ठुलै वजेट अंश आएको हुन्छ र छ । कर्मचारीका साथको वजेटको त कुरै छोडौं । वजेट भएर पनि काम नहुनुमा मुलुकको संविधान बमोजिम नागरिकको झन् खरो चासोको विषय हो । पतनका चौबाटोबाटै फिर्ता भई विवेकशिल मानवता देखाऔं । (लेखक सेवा निबृत्त शिक्षक हुनुहुन्छ)

पतनको चौबाटोमा हराएको मानवता !

बाँकेमा फेरि थपियो ३ दिन निषेधाज्ञा

सम्पादकीय : रगतको सम्मान

Leave a comment

Your email address will not be published. Required fields are marked *