मौसमी राडार बिग्रियो

सुर्खेत, २८ असार ।

विपद्का बेला मौसमसम्बन्धी पूर्वसूचना दिने मौसमी राडार एक महिनादेखि बिग्रिएको छ । सुर्खेतको रातानाङ्ला डाँडामा सञ्चालित नेपालकै पहिलो राडार बिग्रिएको एक महिना बित्दा पनि अझै सञ्चालनमा आउन सकेको छैन ।

गत जेठको अन्तिम साता चट्याङले जेनेरेटर र युपीएस बिग्रिएपछि अझै राडार सञ्चालनमा आउन नसकेको जल तथा मौसम विज्ञान कार्यालय सुर्खेतका निमित्त प्रमुख विनोद पराजुलीले जानकारी दिए । ‘राडार सञ्चालनमा आएपछि कहिले चट्याङले हानेर, कहिले ट्रान्सफर्मर बिग्रिएर समस्या हुन्छ,’ उनले भने, ‘पछिल्लो समय जेठ अन्तिम साता चट्याङले जेनेरेटर र युपीएस बिग्रेपछि पूरै बन्द भयो ।’

नयाँखालको प्रविधि सञ्चालन गर्न दक्ष प्राविधिक कर्मचारी नहुँदा नियमित सञ्चालन गर्न नसकिएको निमित्त प्रमुख पराजुली बताए । काठमाण्डौंबाट दुईपटक प्राविधिक टिम ल्याएर बनाउँदा पनि पूर्णरुपमा सञ्चालन गर्न नसकिएको भन्दै उनले अबको दुई÷तीन दिनमै सञ्चालन गर्ने गरी काम भैरहेको जानकारी दिए ।

मौसमी राडार बिग्रियो

डोल्पा पुग्यो सलह, मकै र आलुमा क्षति

मौसमी राडार बिग्रियो

YUGAAWHAN NATIONAL DAILY (2077-03-28)

Leave a comment

Your email address will not be published. Required fields are marked *