डोल्पा पुग्यो सलह, मकै र आलुमा क्षति

डोल्पा, २८ असार ।

हिमाली जिल्ला डोल्पामा पनि सहल पुगेको छ । छिमेकी जिल्ला रुकुम र जाजरकोटमा पर्ने सीमावर्ती क्षेत्रमा पुगेको केही दिनमै डोल्पामा पनि सलह आइपुगेको हो । मुड्केचुला गाउँपालिका, जगदुल्ला गाउँपालिका, काइके गाउँपालिका, त्रिपुरासुन्दरी नगरपालिका, ठूलीभेरी नगरपालिका सलहको देखिएको छ ।

उपल्लो डोल्पामा भने सलह किरा नदेखिएको बताइएको छ। सलहले मकै र आलु बारीमा क्षति पु¥याएको कृषकहरुले बताएका छन् । तल्लो भेगमा पर्ने मुड्केचुला र जगदुल्ला गाउँपालिकामा सबैभन्दा धेरै सलह किराको बथान देखिएकाले क्षति पनि धेरै पु¥याएको स्थानीयले बताए। भदौ महिनामा पाक्ने मकै सखाप पार्न थालेपछि कृषक चिन्तित भएका छन् ।

सुरुसुरुमा फाट्टफुट्ट देखिए पनि बिहीबार बिहानैदेखि ठूलो झुण्डमा आलु र मकै बारीमा देखिएको जगदुल्ला गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत केशबराज जैसीले बताए । सलह भगाउन विभिन्न वस्तु बजाए पनि नभागेको किसानहरुले बताएका छन् । अहिले जगदुल्ला र मुड्केचुलाका किसानहरु सलह धपाउनै व्यस्त छन् ।

सलहले जगदुल्ला गाउँपालिकाका विभिन्न क्षेत्रमा लगाइएको मकै र आलुमा क्षति गरेको कर्णाली प्रदेशसभा सांसद वीरबहादुर शाहीले बताए । ‘यस वर्ष डोल्पालीले यार्सागुम्बा पनि टिप्न पाएनन्,’ सांसद शाहीले भने, ‘यसै पनि कसरी एक वर्ष भोरी आइपर्ने समस्या टार्ने भन्ने चिन्ता छ, त्यसमा पनि सलहले बालीनाली खाइदिँदा किसानहरु झन् मारमा परे ।’ यता कृषि विकास कार्यालयले सलह भगाउने खास उपाय नभएकाले थाल बजाउने र त्यसो गर्दा पनि नगए समाएर मार्न सुझाएको छ ।

डोल्पा पुग्यो सलह, मकै र आलुमा क्षति

एकसय घर पहिरोको उच्च जोखिममा

डोल्पा पुग्यो सलह, मकै र आलुमा क्षति

मौसमी राडार बिग्रियो

Leave a comment

Your email address will not be published. Required fields are marked *