एकसय घर पहिरोको उच्च जोखिममा

सल्यान, २८ असार ।

कपुरकोट गाउँपालिका ३ का एक सय बढी घर पहिरोको उच्च जोखिममा परेका छन् । तीस वर्ष लामो खारा पहिरोले बर्सेनी जमिन भासिँदै गएपछि त्यहाँ रहेका एक सय घर परिवारलाई पहिराले पिरोल्दै आइरहेको छ ।

रोकथामका लागि धेरै प्रयास गरिए पनि पहिरो जाने क्रम नरोकिएको कपुरकोट बजार व्यवस्थापन समितिका अध्यक्ष रुपक बुढाले बताए । खारा पहिरो वर्षातमा मात्र नभई सुक्खा समयमा समेत जाने भएकाले जोखिम सधैं रहेको उनको भनाइ छ ।

पहिरो रोकथामका लागि हालसम्म तीन करोड ८० लाख रुपैयाँ भन्दा बढी खर्च भइसक्दासमेत पहिरो रोकिने छाँटकाँट नभएको खारा पहिरो नियन्त्रण संरक्षण समितिका अध्यक्ष तिलक बहादुर सिहं ठकुरीले बताए । धेरै ठूलो पहिरो भएकाले धेरै लगानी गर्दा पनि नियन्त्रण गर्न नसकिएको उनले बताए । उनले भने, ‘ पहिरो नियन्त्रण गर्न धेरै क्षेत्रबाट प्रयास भइरहेका छन् तर सबै प्रयास असफल हुँदै आइरहेका छन् ।’ पहिरोका कारण खेतीयोग्य जमिने समेत भासिँदै गइरहेको छ ।

२०५२ सालदेखि पहिरो रोकथामका लागि प्रयास भइरहेको उनको भनाइ छ । उनले भने, ‘यहाँको माटो नुनिलो भएकाले जाली छिट्टै गल्ले समस्याका कारण थप समस्या हुने गरेको छ । पहिरो रोकथाममा लाग्नु भन्दा पनि अब राज्यले जोखिममा रहेको बस्तीलाई स्थान्तरण गर्नुपर्छ ।’

कपुरकोटको खारा पहिरोमा संघीय राज्यसमेत जानकार भएकाले यसबारे संघीय सरकारले पहल लिनुपर्ने कपुरकोट गाउँपालिका ३ का वडाध्यक्ष मीन बहादुर सेनले बताए । उनले भने, ‘कपुरकोट बजार नै सात मिटर तल भासिसकेको भन्दै गाउँपालिकाले पहिरोका कारण भत्किएका घरमा नबस्न पटक पटक सार्वजनिक सूचना जारी गरे पनि स्थानीयले मानेका छैनन् ।’

एकसय घर पहिरोको उच्च जोखिममा

सडक नबन्दा जोखिम मोल्दै स्थानीय

एकसय घर पहिरोको उच्च जोखिममा

डोल्पा पुग्यो सलह, मकै र आलुमा क्षति

Leave a comment

Your email address will not be published. Required fields are marked *