प्रधानमन्त्री ओलीद्वारा किमाथाङ्का नाकाको अवलोकन

काठमाडौं, २६ कात्तिक ।
प्रधानमन्त्री केपी शर्मा ओलीले संखुवासभाको चीनसँग नाका जोडिएको भोटखोला गाउँपालिका १ मा पर्ने किमाथाङ्का नाकाको अवलोकन गरेका छन् । झण्डै एक वर्षअघि स्थापना भएको सीमा सुरक्षा पोस्ट (बीओपी) को निर्माणाधीन भवनका साथै भन्सार कार्यालय र सुख्खा बन्दरगाह लगायतबारे उनले जानकारी लिएका छन् ।

त्यसलगत्तै उनले बहुचर्चित अरुण तेस्रो जलविद्युत आयोजनाको निरीक्षण गर्नुहुने संखुवासभाका प्रमुख जिल्ला अधिकारी जीवप्रसाद आचार्यले जानकारी दिए । २०७४ वैशाख २८ गते भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र प्रधानमन्त्री ओलीले संयुक्तरुपमा अरुण तेस्रोको शिलान्यास गरेका थिए । यस्तै प्रधानमन्त्री ओलीले राष्ट्रिय गौरवको उत्तर दक्षिण कोशी राजमार्गको अनुगमन गर्ने, भोटखोला च्याम्ताङ राजमार्ग किमाथाङ्का छिचोल्नका लागि नेपाली सेनाले तयार गर्दै गरेको बंकर र अस्थायी क्याम्प लगायतको अनुगमन गर्ने कार्यक्रम छ ।
प्रधानमन्त्री ओली अनुगमन सकेर दिउँसो साढे ३ बजे काठमाण्डौ फर्कने कार्यक्रम रहेको संखुवासभाका प्रमुख जिल्ला अधिकारी आचार्यले बताए ।






