बीमा सम्बन्धी जानकारी दिन आइएमई लाइफ इन्स्योरेन्सले ल्यायो ‘च्याटबोट’ सेवा

काठमाडौं, २३ मंसिर ।

आइएमई लाइफ इन्स्योरेन्सले आफ्ना ग्राहकका लागि ‘च्याटबोट’ सेवा सञ्चालनमा ल्याएको छ। च्याटबोट सेवा मार्फत् बीमितले आफ्नो बीमाशुल्क भुक्तानी सम्बन्धी जानकारी लिनुका साथै बीमा शुल्क भुक्तानी तरिका जानकारी लिन सक्नेछन्। साथै इच्छाएको व्यक्ति, मोवाइल नं। परिवर्तनको अनुरोध पठाउन सक्नेछन्।

कम्पनीका अनुसार यसबाट मुख्यतः बीमित र अभिकर्ता प्रत्यक्ष रूपमा लाभान्वित हुनेछन् भने बीमासँग चासो राख्ने, बीमाको बारेमा बुझ्न चाहने, कम्पनीको बारेमा बुझ्न चाहने व्यक्ति तथा संस्थाले समेत यसबाट सेवा प्राप्त गर्न सक्नेछन्।

यसैगरी दाबी भुक्तानी प्रक्रिया, अभिकर्ता कमिशन, बैंक खाता, प्यान नं।, मोबाइल नंं अद्यावधिक गर्ने, नयाँ अभिकर्ता बन्ने र अभिकर्ता इजाजतपत्र नवीकरण प्रक्रियासम्मको जानकारी यसै च्याटबोट मार्फत् तत्कालै प्राप्त गर्न तथा अनुरोध पठाउन सक्नेछन्।

यो सेवा सञ्चालनमा आए सँगै कम्पनीका बीमित, अभिकर्ता र कम्पनी सँग सरोकार राख्ने सम्पूर्ण व्यक्ति, संस्थाले आफ्नो महत्वपूर्ण समय बचत गरी घर, अफिस वा जुनसुकै स्थानबाट आफ्ना समस्या वा जिज्ञासा च्याटबोटमार्फत तत्कालै समाधान पाउन सक्नेछन्।

हाल यो सेवा कम्पनीको वेबसाइटमा उपलब्ध छ भने भविष्यमा कम्पनीको अधिकारीक मोबाइल एप र म्यासेन्जरमा समेत उपलब्ध गराइने कम्पनीले बताएको छ।

बीमा सम्बन्धी जानकारी दिन आइएमई लाइफ इन्स्योरेन्सले ल्यायो ‘च्याटबोट’ सेवा

असाहय बालवालिकालाई न्यानो कपडा

बीमा सम्बन्धी जानकारी दिन आइएमई लाइफ इन्स्योरेन्सले ल्यायो ‘च्याटबोट’ सेवा

२४ घण्टामा थप १३ सय ८२ जनामा

Leave a comment

Your email address will not be published. Required fields are marked *