छोराको सम्झनामा प्रतिक्षालय

दुर्गा विसी
सिम्ता, २३ कार्तिक ।
सुर्खेत सिम्ता गाउँपालिका वडा नं. ६ निवासी तेजबिक्रम शाहीले मृतक छोरा अजय शाहिको सम्झनामा प्रतिक्षालय निर्माण गरिदिएका छन् । आठ महिना अघि घरमै काम गर्ने क्रममै घरको छतबाट खसेर उपचारका शिलशिलामा २२ वर्षिया अजय शाहीको मृत्यु भएको थियोे । बागेश्वरी मावि राकम नजिकै र उक्त क्षेत्रको दाहसंस्कार गर्ने स्थलमा प्रतिक्षालय निर्माण गरिएको छ ।

लाखौं रकम खर्चेर उक्त प्रतिक्षालय मृतक छोरोको जन्म दिन पारेर शनिबार सम्पन्न गरिएको छ । छोराका अल्पआयुमै भएको दुखद निधन स्वरुप उसले अध्यायन गरेको विद्यालय र सिम्ता राकम क्षेत्रको मसानघाट तथा दासंस्कार स्थलमा सो प्रतिक्षालय निर्माण कार्य सम्पन्न भएको छ । छोराको सम्झना स्वरुप शाहीले प्रतिक्षालय बनाएको जनाएको छ । शाही परिवार र अन्य स्थानीयहरु भेला भएर सो स्थानमा उक्त प्रतीक्षालय सार्वजनिक गरिएको छ

छोराको सम्झनामा प्रतिक्षालय

दुई हप्तासम्म पनि खुलेन डोल्पा जोड्ने मुख्य

छोराको सम्झनामा प्रतिक्षालय

YUGAAWHAN NATIONAL DAILY (2077-07-23)

Leave a comment

Your email address will not be published. Required fields are marked *