सगरमाथाको नयाँ उचाई मंगलबार सार्वजनिक हुने

काठमाडौँ, २२ मंसिर ।

विश्वको सर्वोच्च शिखर सगमाथाको नयाँ उचाई मंगलबार (भोली) औपचारिक कार्यक्रम गरी सार्वजनिक गरिने नापी विभागले जनाएको छ । विभागका महानिर्देशक प्रकाश जोशीले मंगलबार नयाँ उचाईबारे जानकारी दिने बताएका हुन् ।

 

फिल्ड सर्वेक्षणबाट प्राप्त तथ्यांक समेत नापी विभागकै जनशक्तिबाट आफ्नै प्रयोगशालमा प्रशोधन तथा चीनका समकक्षी प्राविधिक तथा निर्देशक समिति तहमा छलफल भई संयुक्त रुपमा सगरमाथाको उचाई मापनको परिणाम प्राप्त भएको उनले बताए । सो परिणाम नेपाल र चीनले मंगलबार संयुक्त रुपमा सार्वजनिक गर्ने उनले जानकारी दिए ।

विभागले उचाइ घोषणा कार्यक्रममा सगरमाथाको मापनमा योगदान पुर्याउने व्यक्तिहरूलाई सम्मान गरिने पनि जनाएको छ।

सगरमाथाको नयाँ उचाई मंगलबार सार्वजनिक हुने

नेकपा स्थायी कमिटी बैठकमा

Leave a comment

Your email address will not be published. Required fields are marked *