तीन थरीका कर्जामाथि कडाई गर्दै राष्ट्र बैंक

काठमाडौं, २१ मंसिर ।

बैंक तथा वित्तीय संस्थाहरुबाट प्रवाह हुने तीन थरीका कर्जामाथि नेपाल राष्ट्र बैंकले कडाई गर्ने भएको छ । चालु आर्थिक वर्षको त्रैमासिक मौद्रिक समीक्षामार्फत शेयर, रियलस्टेट कर्जामा कडाई गर्ने जनाएको राष्ट्र बैंकले यसैसाता नयाँ निर्देशिकामार्फत औपचारिक रुपमा लागू गर्ने भएको छ ।

 

 

 

नेपाल राष्ट्र बैंकका अनुसार यसै साता नयाँ निर्देशिका जारी हुने छ । नेपाल राष्ट्र बैंकले नयाँ निर्देशिकामार्फत मौद्रिक नीतिको समीक्षालाई व्यवहारिक कार्यान्वयन गर्न लागेको हो ।

नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमाथिको समीक्षामार्फत केन्द्रीय शेयर, रियलस्टेट धितो कर्जा र व्यक्ति अधिविकर्ष कर्जामा विद्यमान व्यवस्था पुनरावलोकन गर्ने राष्ट्र बैंकले जनाइसकेको छ । नेपाल राष्ट्रले हिजो जारी गरेको मौद्रिक नीतिको समीक्षाको बुँदा नं ६८ मा भनिएको छ, ‘व्यक्तिगत अधिविकर्ष कर्जा, शेयरधितो कर्जा तथा रियलस्टेट कर्जा सम्बन्धी विद्यमान व्यवस्थामा पुनरावलोकन गरिनेछ ।’

राष्ट्र बैंकले ऋण सम्बन्धी व्यवस्था संशोधन गर्ने भनेपछि शेयर लगानीकर्ताहरु नयाँ निर्देशिका कस्तो आउँछ भनेर व्यग्र प्रतिक्षा गरिरहेका छन् । त्यस्तै रियलस्टे कर्जा सम्बन्धी व्यवस्था पुनरावलोकन गर्ने केन्द्रीय बैंकको उद्घोषले घरजग्गा क्षेत्रमा प्रवाह हुने कर्जा समेतमाथि कडाई गरिने देखिएको छ ।

तीन थरीका कर्जामाथि कडाई गर्दै राष्ट्र बैंक

सूनको मूल्य घट्यो

तीन थरीका कर्जामाथि कडाई गर्दै राष्ट्र बैंक

आइतबार पहिलो घण्टामा नेप्से परिसूचक ५९.२७ अंकले

Leave a comment

Your email address will not be published. Required fields are marked *