आइतबार पहिलो घण्टामा नेप्से परिसूचक ५९.२७ अंकले ओरालो

काठमाडौं, २१ मंसिर ।

साताको पहिलो कारोबारको दिन आइतबार कारोबारको पहिलो घण्टामा नेप्से परिसूचक ५९ दशमलव २७ अंकले ओरालो लागेको छ । आइतबार शेयर बजार २ हजार ०५१ दशमलव ५१ विन्दुबाट शुरु भएको कारोबार पहिलो घण्टामा २ दशमलव ८८ प्रतिशतले घटेर १ हजार ९९६ दशमलव १८ विन्दुमा पुगेको छ ।

 

आइतबार पहिलो घण्टाको अवधिमा १९० ओटा कम्पनीको १९ हजार ७२३ पटकको कारोबारमा ३८ लाख ७४ हजार २५७ कित्ता शेयरको रू. २ अर्ब ३७ करोड ८८ लाख बराबरको खरीदविक्री भएको छ । पहिलो घण्टामा कारोबारमा आएका १२ ओटा समूहको परिसूचकमध्ये सबै समूहको परिसूचक घट्दा समग्र नेप्से घटेको हो । जसमध्ये अन्य समूहको परिसूचक सबैभन्दा बढी ४ दशमलव ५५ प्रतिशतले घटेको छ ।

यस अवधिसम्म नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक कारोबार भएको छ । उक्त कम्पनीको रू. ४३ करोड बराबरको शेयर कारोबार भएको छ । सो अवधिसम्म कम्पनीको शेयरमूल्य रू. १ हजार ६३९ मा कारोबार भइरहेको छ ।

आइतबार पहिलो घण्टामा नेप्से परिसूचक ५९.२७ अंकले ओरालो

तीन थरीका कर्जामाथि कडाई गर्दै राष्ट्र बैंक

आइतबार पहिलो घण्टामा नेप्से परिसूचक ५९.२७ अंकले ओरालो

मध्यपहाडी लोकमार्गले खोल्यो विकासको ढोका, सडक छेउमा

Leave a comment

Your email address will not be published. Required fields are marked *