गिरीघाटका बाढीपीडितलाई खाद्यान्न (भिडियो सहित)

सुर्खेत, २२ चैत ।

बराहताल गाउँपालिकाको गिरीघाटमा रहेका ९० घरपरिवार बाढीपीडितलाई खाद्यान्न सामाग्री शनिबार वितरण गरिएको छ । नागरिक दैनिकका पत्रकार तथा सामाजिक अभियान्ता नगेन्द्र उपाध्यायले सुरु गरेको सहयोग संकलन अभियान, समाजसेवी युवा घनश्याम खड्का र मिन बहादुर खड्काको सहयोगमा खाद्य सामाग्री वितरण गरिएको हो ।

कोरोना भाइरस (कोभिड–१९) को सन्त्रास र सरकारको लकडाउनका कारण ज्याला मजदुरी , गिठ्ठी कुटेर दैनिक जिविकोपार्जन गर्दै आएका बाढीपीडित परिवारलाई तत्कालको अवस्थामा राहत पु¥याउने उद्देश्यले खाद्य सामाग्री वितरण गरिएको हो ।

पत्रकार तथा सामाजिक अभियान्ता नगेन्द्र उपाध्यायको पहलमा जुटेको रकमबाट ९० घरपरिवार बाढीपीडितलाई ३०÷३० किलोको चामल एक परिवार एक बोरा वितरण गरिएको थियो । चामलको साथमा सुर्खेत होराइजन एकेडेमीका प्रिन्सिपल घनश्याम खड्का र मध्यपश्चिम बोर्डिङ स्कूलका प्रिन्सिपल मिन खड्कामार्फत ९० प्याकेट पिठो, नुन र साबुन वितरण गरिएको थियो ।

खाद्यान्न वितरण कार्यक्रममा बराहताल गाउँपालिकाका अध्यक्ष तेजबहादुर बस्नेत, वडा नं. २ का अध्यक्ष योवराज कार्की, पत्रकार र सुरक्षाकर्मीको उपस्थिति थियो । कोरोना संक्रमणका कारण भइरहेको लकडाउनको मारमा २०७१ सालमा आएको बाढीबाट पीडितहरु बनेका छन् ।

सुर्खेतका एक हजार ४५ परिवार अहिले पनि विभिन्न अस्थायी शिविरहरुमा बसिरहेका छन् । शुक्रबार भेरीगंगाको पाडुले र छिन्चुका बाढीपीडित परिवारलाई खाद्य सामाग्री वितरण गरिएको थियो ।

पत्रकार तथा सामाजिक अभियान्ता उपाध्याय भने ‘अभियानमार्फत ११३ परिवारलाई खाद्यान्न वितरण गरेका छौं । सुर्खेतमा १०४५ बाढीपीडित परिवार छन् । अझै तपाईहरुको सहयोगको खाँचो छ । कृपया सहयोग गर्न चाहनुहुने महानुभावले म्यासेन्जर अथवा फोनमा जानकारी गराउन सक्नु हुनेछ ।’

बाढीपिडित राहत संकलन अभियानमा बखतबहादुर शाही (युवा व्यवसायी÷समाजसेवी) २० बोरा चामल, प्रेम हमाल (सञ्चालक) मध्यपश्चिम फिटनेस सेन्टरबाट २० हजार, विवेक आचार्य (निर्वतमान केन्द्रीय सदस्य) नेपाल विद्यार्थी संघबाट २० हजार, हिमाल जैसी (सञ्चालक) न्यू हिमाल ट्रेडर्सबाट २० हजार, सुशील केसी (केन्द्रीय सदस्य) आधिकारिक ट्रेड युनियनबाट ५ हजार, लवराज सुवेदी (समाजसेवी÷कर्मचारी) बाट १० हजार र तिलक पौडेल (पत्रकार) टिभी टुडे नेटवर्कबाट २ हजार सहयोग संकलन भएको जनाइएको छ ।

https://www.youtube.com/watch?v=lluDXwhlM14

तपाईको प्रतिक्रिया
error: Content is protected !!